मनाइयो विश्व रेडक्रस दिवस
मंगलबार, वैशाख २६, २०८०

पाल्पामा थप ५ जनामा कोरोना
सोमबार, वैशाख २५, २०८०
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो ।

७६ जना कोरोना संक्रमित थपिए
शनिबार, वैशाख २३, २०८०
पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो ।

गुल्मी अस्पतालमा हाडजोर्नी उपचार सेवा
शनिबार, वैशाख २३, २०८०
गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ । रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो । सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन् ।

उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
शुक्रबार, वैशाख २२, २०८०
उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।

तानसेनका थप ४ जनामा कोरोना देखियो
बुधबार, वैशाख १३, २०८०
तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।

पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय
मंगलबार, वैशाख १२, २०८०
जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।

काँग्रेस नेता भट्टराई पुगे घाइतेहरुको अवस्था बुझ्न अस्पताल
मंगलबार, वैशाख १२, २०८०
नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।

पाल्पामा ९ जनामा कोरोना देखियो
आइतबार, वैशाख १०, २०८०
पाल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ९ जनामा कोरोना देखिएको हो ।

कोरोनाबाट थप एकको मृत्यु
शनिबार, वैशाख ९, २०८०
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।

सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
बुधबार, वैशाख ६, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बुधबार, वैशाख ६, २०८०
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।

कोरोनाबाट थप दुईको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...