कोरोना संक्रमणबाट एकको मृत्यु
बुधबार, चैत २९, २०७९
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
बुधबार, चैत २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
मंगलबार, चैत २८, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
मंगलबार, चैत २८, २०७९
रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
सोमबार, चैत २७, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
आइतबार, चैत २६, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
शनिबार, चैत २५, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू
शनिबार, चैत २५, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह
बिहीबार, चैत २३, २०७९
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह गरिएको छ । बुधबार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र तानसेन नगरपालिकाले तानसेनमा आयोजना गरेको मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा सरोकारवालाले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिक सम्मेलन
मंगलबार, चैत २१, २०७९
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले सरकारलाई नेपालको स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गर्न थालिएको जानकारी दिए । उनका अनुसार सम्मेलन यही चैत २८ र २९ गते...
थप १ सय ४२ मा कोरोना संक्रमण पुष्टि
शुक्रबार, चैत १७, २०७९
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४२ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित पाइएको हो ।
पालिकामा सेवा विस्तार गर्दै पाल्पा आँखा अस्पताल
शुक्रबार, चैत १७, २०७९
, झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले पाल्पाका सबै पालिकाहरुमा सेवा विस्तार गर्दै जाने बताएको छ । जिल्लाका रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा सेवा विस्तार गरिसकेको अस्पतालले १० पालिकामा आफ्नो सेवालाई विस्तार गर्ने गरी अगाडि बढेको हो ।
पाल्पाका पत्रकारको आँखा जाँच
बिहीबार, चैत १६, २०७९
पाल्पाका पत्रकारको आँखा जाँच गरिएको छ । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्लाका पत्रकारको निःशुल्क रुपमा आँखा चेकजाँच गरिएको हो । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहयोगमा बिहीबार तानसेनमा आँखा जाँच गरिएको छ ।


