रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई
शुक्रबार, फागुन ५, २०७९

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगियो
बिहीबार, फागुन ४, २०७९
ग्याँस सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांँग्रेस सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो ।

ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै
बिहीबार, फागुन ४, २०७९
बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए ।

बगनासकालीमा १५ शैयाको अस्पताल शिलान्यास
बिहीबार, फागुन ४, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा १५ शैयाको आधारभूत अस्पताल शिलान्यास गरिएको छ । हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार यहाँ अस्पतालको शिलान्यास गरिएको हो ।

आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइदैं
बुधबार, फागुन ३, २०७९
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार...

चिकित्सकहरुको आन्दोलन स्थगित
आइतबार, माघ २९, २०७९
चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।

आइतबार देशभरका अस्पतालको सेवा बन्द हुने
शनिबार, माघ २८, २०७९
आइतबार देशभरका अस्पतालहरुको आकस्मिकबाहेकका सेवा बन्द रहने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जोखिम मोलेर बस्ती बचाउने युवाहरु अस्पतालको शैयामा !
शुक्रबार, माघ २७, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते...

आलै छ कोरोनाले बनाएको घाउ
मंगलबार, माघ २४, २०७९
सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।

विश्व क्यान्सर दिवस मनाइदैं
शनिबार, माघ २१, २०७९
विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो...

रगतसम्बन्धी सबै सेवा निःशुल्क
शनिबार, माघ २१, २०७९
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।