Shittalpati
तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला हुँदै

पाल्पा,तानसेनमा ‘रक्तदान जीवनदानमा यूवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगीता  हुन लागेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र पाल्पाली संगम अमेरिका, ब्लड डोनर्स अफ अमेरिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

विश्व रक्तदाता दिवसको अवसर पारेर जेष्ठ ३१ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको रेडक्रस पाल्पा शाखाका सभापति बाबुुराम कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । प्रतियोगितामा जिल्ला १० वटै स्थानीय तहका २२ जना विद्यार्थीहरुको सहभागिता रहने छ । स्थानीय तहबाट छनोट भएर आउने विद्यार्थी उक्त प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगिताको नेपाल सरकार, मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने सभापति कार्कीले बताए । विद्यार्थीहरुमा रगतको आवश्यकता र महत्व दर्शाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः ५० हजार , ३० हजार र २० हजार नगद पुरस्कार पाउने छन् । ब्लड बारे सचेतना जगाउन र रक्तादान गर्न प्रोत्साहन गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेमा रेडक्रसका उपसभापति भिमसेन कार्कीले विश्वास व्यक्त गरे ।  प्रतियोगिता सञ्चालनका लागि २ लाख ५० हजार रकम आएको पाल्पाली संगम अमेरिका पाल्पाका फोकल पर्सन दिनेश घिमिरेले जानकारी दिए । प्रतियोगिता रेडक्रसको सभाहलमा हुने जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update