Shittalpati
तानसेनमा रक्तदान सचेतना सम्बन्धी छलफल

पाल्पा, जिल्लाको तानसेनमा रक्तदान सचेतना सम्बन्धी सरोकारवालाहरुबिच छलफल भएको  छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान सचेतना सम्बन्धी एक दिने छलफल भएको हो ।
    छलफलमा बोल्ने अधिकांस वक्ताहरुले पाल्पामा रगत अभाव हुन नदिन बल्ड बैंकको व्यस्था गरिनुुपर्ने बताएका छन् । उनीहरुले रगत जस्तो संवेदनशील विषयमा सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले पाल्पाका ठूला अस्पतालहरुमा रगत अभावका कारण विरामीहरु समस्यामा पर्ने गरेको भन्दै समस्या समाधानमा सबै लाग्नु पर्ने बताए । कार्यक्रममा पाल्पा अस्पतालका अध्यक्ष गुराँस आत्रेयले बल्ड बैंक स्थापना गर्ने विषयमा राजनीतिक दल र स्थानीय सरकार प्रतिवद्धता हुनुुपर्ने धारणा व्यक्त गरे । उनले बल्ड बैंक स्थापना गर्न सबैले सहयोग गर्नु पर्ने भन्दै जिल्ला अस्पतालले  पनि बल्ड बैंक सञ्चालनका लागि आवश्यक जशक्तिको व्यवस्थापन गर्न सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारकले मानव शरिरका लागि आवश्यक रगत जस्तो विषयमा सबै गम्भीर बन्नुपर्ने बताईन् । उनले रगत अभावका कारण अस्पतालमा आउने विरामीहरु समस्यामा पर्ने गरेको भन्दै रगत सहज बनाउने दिशामा सबैले चासो देखाउनुपर्नेमा जोड दिइन् ।  लुम्बिनी मेडिकल कलेजका  ल्याव इन्चार्ज रविन्द्र शर्माले रगत संकलनमा थुप्रै समस्या रहेको बताए । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक शोवाकान्त न्यौपानेले जिल्लामा रगत अभाव हुन नदिन सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा तानसेन नगरसरकार सधै गम्भीर रहेको धारणा व्यक्त गरिन् । उनले जिल्लाका अस्पताल, सामाजिक संघसंस्थाहरु सँग समन्वय गरी स्वास्थ्य क्षेत्रमा नगर सरकारले काम गर्दै आएको समेत बताईन् ।

कार्यक्रमा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायीका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न समाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार लगायतका व्यक्तिले जिल्लामा रगत अभाव हुन नदिन सबै तह र तप्काबाट सहयोग गरिनुपर्नेमा जो दिएका थिए । कार्यक्रममा रेडक्रस पाल्पा शाखाका अधिकृत विनोद भारतीले जिल्लामा रगत संकलनको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण रेडक्रसका जिल्ला सदस्य  डा. झपेन्द्र ढकालले गरेका थिए । रेक्रसका जिल्ला सभापति बाबुुराम कार्कीको अध्यक्षता, उसभापति भीमसेन कार्कीको स्वागत, मन्त्री केशवराज नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update