तानसेनका औषधि पसलमा अनुगमन , नियमित अनुगमन नहुँदा मनपरी
सोमबार, साउन ८, २०८०
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
सोमबार, साउन ८, २०८०
जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
देशभरका फार्मेसी अनुगमन सुरु
सोमबार, साउन ८, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।
अङ्गदानमा लैङ्गिक विभेद : दान गर्ने महिला, लिने पुरुष
बुधबार, साउन ३, २०८०
रोगले महिला र पुरुष भन्दैन, जोसुकैलाई पनि लाग्न सक्छ । रोगकै कारण कुनै व्यक्तिको अङ्ग काम नलाग्ने भयो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा नजिकका आफन्तको अङ्ग आवश्यक पर्छ । त्यसका लागि सबैभन्दा पहिला घरपरिवारका सदस्य नै अङ्गदानको प्राथमिकतामा पर्छन् ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
सोमबार, साउन १, २०८०
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीणस्थल मदाने गाउँपालिका–१ अग्लुले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला
शनिबार, असार ३०, २०८०
गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य
बुधबार, असार २७, २०८०
जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा नयाँ नेतृत्व चयन भएको छ । संघको २१ औं साधारण सभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गर्न निर्देशन
बुधबार, असार १३, २०८०
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए ।
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या
मंगलबार, असार १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन् ।
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
सोमबार, असार ११, २०८०
गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास
बिहीबार, असार ७, २०८०
हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको...
ब्रहमाकुमारी ईश्वरी विश्वविद्यालयमा योग दिवस
बुधबार, असार ६, २०८०
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेनमा विश्व योग दिवस मनाइएको छ । बुधबार विद्यालयले योग र आध्यात्मिक प्रवचन गरी दिवस मनाएको हो ।
आज विश्व योग दिवस मनाइदैं
बुधबार, असार ६, २०८०
आज विश्व योग दिवस मनाइदै छ । विश्व योग दिवस नेपालमा पनि आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । हरेक वर्ष जुन २१ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको...


