कोरोनाबाट थप एकको मृत्यु
शनिबार, वैशाख ९, २०८०
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
बुधबार, वैशाख ६, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन् ।
आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बुधबार, वैशाख ६, २०८०
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।
कोरोनाबाट थप दुईको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...
वैशाख ११ देखि खोप सप्ताह
आइतबार, वैशाख ३, २०८०
सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
फेरी कोरोना बढ्यो, सतर्कता भएन
शुक्रबार, वैशाख १, २०८०
नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ ।
कोरोना संक्रमणबाट एकको मृत्यु
बुधबार, चैत २९, २०७९
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोभिड–१९ को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल संख्या १२ हजार २२ पुगेको हो ।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
बुधबार, चैत २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
कोरोना संक्रमणबाट एक जनाको मृत्यु
मंगलबार, चैत २८, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
मंगलबार, चैत २८, २०७९
रुपन्देहीमा केही समयसम्म मत्थर देखिएको कोभिड सङ्क्रमण फेरि बढ्दो अवस्थामा देखिएको छ । सडक मार्ग हुँदै नेपालमै सबैभन्दा बढी पर्यटक भित्र्याउने नाकाका रुपमा रहेको रुपन्देहीको बेलहिया नाकामा कोभिड सङ्क्रमितको सङ्ख्या बढेको देखिएको छ ।
पाल्पामा बढ्दो ‘लम्पी स्किन’ : ७० गाईगोरू मरे, ८ सय संक्रमित
सोमबार, चैत २७, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । पहिलो पटक माथागढी गाउँपालिका–५ गोठादीका किसानले पालेको गाई गोरुमा देखिएको ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएर अहिले जिल्लाका ७ वटा पालिकामा पुगेको छ । सुरूमा फाट्टफुट्ट गाई गोरुमा देखिएको यो रोग पछिल्ला केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
आइतबार, चैत २६, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
शनिबार, चैत २५, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।


