हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण
शनिबार, जेठ १०, २०७७

आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७
शुक्रबार, जेठ ९, २०७७
कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।

मृतक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग
शुक्रबार, जेठ ९, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका गुल्मीका एक शिक्षकको परिवारले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै छानविनको माग गरेका छन् । क्रिमसन अस्पतालमा गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना संक्रमित ४१ वर्षिया शिक्षकको बिहीबार मृत्यु भएको थियो ।

पाल्पामा आईसोलेशन कक्षहरुको अनुमगन, पर्याप्त मात्रामा नभएको गुनासो
बुधबार, जेठ ७, २०७७
कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा निर्माण गरिएका केही आइसोलेशन कक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आईसोलेशन निर्माण तथा व्यवस्थापन समिति पाल्पाले तानसेन नगरपालिकाको सहयोग र युनाईटेड मिसन अस्पतालको सहयोगमा निर्माण भएको आईसोलेशन कक्षहरुको अनुगमन गरेको हो ।

क्रिमसन अस्पताल भन्छ ‘गुल्मीका संक्रमितको अवस्था गम्भीर छ’
बुधबार, जेठ ७, २०७७
कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको क्रिमसन अस्पतालले जनाएको छ । उनको विभिन्न सञ्चार माध्यमहरुमा मृत्यु भएको समाचारहरु आएपछि अस्पतालले एक विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको जनाएको हो ।

तानसेन नगर सरकारलाई विभिन्न संघ सस्थाद्वारा स्वास्थ्य सामग्री
बुधबार, जेठ ७, २०७७
कोरोना तथा कोभिड १९ को सक्रमणबाट बच्न र बचाउन विभिन्न संघ संस्थाले तानसेन नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । जागृति बाल तथा युवा सरोकार केन्द्र, ईन्द्रेणी समाज केन्द्रले तानसेन नगरपालिकालाई कोरोना रोकथाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

क्वारेन्टाइनबाट भागे एघार जना नागरिक
बुधबार, जेठ ७, २०७७
यशोधरा गाउँपालिका ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए ।

पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री
मंगलबार, जेठ ६, २०७७
जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो
मंगलबार, जेठ ६, २०७७
नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन् । मंगलबार थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४सय २ पुगेको छ । संक्रमित मध्ये २४ पुरुष र ३ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ ।

परीक्षणको दायरा बढाउन पाल्पामा भित्रिन थाले स्वास्थ्य सामग्री
मंगलबार, जेठ ६, २०७७
जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितीले पिसिआर तथा आरडीटी परीक्षणको दायारा बढाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने सरसमान पिपिई, माक्स, सेनिटाइजर तथा थर्मलगन जस्ता सरसमान केन्द्र सरकार, प्रदेश सरकारबाट प्रयाप्त मात्र भित्रिन थालेपछि परीक्षणको दायरा बढाइएको हो ।

बनाएनन् सबै वडाले क्वारेन्टाइन
मंगलबार, जेठ ६, २०७७
भारतसहित विभिन्न देशमा ठूलो संख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि चितवनमा काम हुनसकेको छैन ।

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि
मंगलबार, जेठ ६, २०७७
झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । त्यस्तै सुनसरीका ३ जनामा संक्रमण देखिएको छ ।

गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर
मंगलबार, जेठ ६, २०७७
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था स्थिर रहेको छ । अस्पताल प्रशासनले आज विज्ञप्ति निकालेर उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको जनाएको छ ।