Shittalpati
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो ।
पाल्पामा आइसोलेशनमा  उपचारत एक व्यक्तिको मृत्यु
पाल्पामा आइसोलेशनमा उपचारत एक व्यक्तिको मृत्यु आईसोलेसमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । । उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि...
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती
गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती जिल्लाको मुसिकोट नगरपालिकामा भारतीय सिमा नाकाबाट आएका नागरिकहरुको संख्या अत्याधिक भए पछि क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको छ । ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिकाले भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो
पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जनामा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।
संक्रमित घर गएपछि अस्पताल खाली
संक्रमित घर गएपछि अस्पताल खाली रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् ।
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।
पाल्पामा किट अभावका  कारण रोकियो स्वाव संकलन
पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’ पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।
Weather Update