Shittalpati
एकै दिन २ सय ८८ जनामा संक्रमण

काठमाडौं । कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।

यसअघि सोमबार २ सय ३९, गत शनिवार १ सय ८९ र गत शुक्रबार १ सय ७० जनामा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९ सय ४९ र महिला १ सय ५० छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा संक्रमण देखिएको छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update