Shittalpati
भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’

पाल्पा, पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । यस संगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । गत जेठ १२ गते फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका मध्ये प्रदेश जनस्वास्वास्थ्य कार्यालय भैरहवामा परीक्षण गर्दा पिसिआर पोटेटिभ आएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । उनीहरु २ जना संगै ६ जना कपिलवस्तुको खोला र जंगल हुँदै नेपाल प्रवेश गरेका थिए ।

तानसेनको वर्तुङ आएपछि उनीहरु संगै पिसिआर गरेर तानसेनको होल्डिङ क्वारेन्टाईनबाट फर्किएका ७ जना गरी १३ जना १२ गते राती नगरपालिकाले व्यवस्था गरेको गाडीबाट आएका थिए ।

परीक्षण नभएका ६ जनाको १३ गते आरडीटी परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै रामपुर ७ को विजय प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका ४ जनाको परीक्षण गर्दा १ जनामा आरडीटि पोजेटिभ देखिए पछि ३ जनाको सदावर्तबाटै स्वाव नमुना संकलन गरी पठाईएको थियो । पोजेटिभ देखिएका दुवै जनालाई आईसोलेसन लैजानका लागि नगरपालिकामा अहिले आकस्मिक बैठक बसिरहेको छ ।यस अघि पाल्पाको निस्दीका २ जना, माथागढीका १ जना र रैनादेवी छहराका २ जना गरी भारत बाट फर्किएका ५ जनामा पोजेटिभ देखिएको थियो । पछिल्लो समय आउने अधिकांश युवाहरुको किट अभावका कारण परीक्षण हुन सकेको छैन ।

 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update