Shittalpati
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो ।
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन बाहिरबाट आएका नागरिकहरुलाई राख्नका लागि तानसेन बतासेडाँडामा निर्माण गरिएको क्वारेन्टाईन अव्यवस्थित रहेको पाइएको छ । प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले स्थानीय वासिन्दा र स्वंयम क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको गुनासाको आधारमा त्यहाँको स्थलगत अनुगमन गर्ने क्रममा कोरेन्टाईन अव्यवस्थित रहेको पाईएको हो ।
कोरोनाबाट थप एकजनाको मृत्यु
कोरोनाबाट थप एकजनाको मृत्यु कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।
मेडिकल कलेजमा आइसोलेशन सेण्टर
मेडिकल कलेजमा आइसोलेशन सेण्टर जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
कोरोना प्रतिकार्य योजना निर्माण
कोरोना प्रतिकार्य योजना निर्माण गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर...
Weather Update