
रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरको क्वारेन्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको छ । आइतबार वडाको भगवती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ९३ जना मध्ये ३३ जनाको आरडीटी परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ३ जनाको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको वडाअध्यक्ष पदम प्रसाद अर्यालले जानकारी दिए । दुई जना पुरुष र एक जना महिलाको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको वडाअध्यक्ष अर्यालले जानकारी दिए ।
२७ र २० वर्षिय पुरुष, २३ वर्षिय महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु तीन जनाकै पीसीआर परीक्षणका लागि स्वाब संकलन् गरि सकिएको वडाअध्यक्ष अर्यालले बताए । उनीहरुलाई भगवती माविको क्वोन्टाइनमै छुट्टै स्थानमा व्यवस्थापन गरिने बताईएको छ । भारतको गाजियावादबाट आएका र उनीहरुको अवस्था अहिले सामान्य रहेको उनको भनाई छ । आरडीटी परिक्षण रिपोर्ट नेगेटिभ आएका अन्य ३० जनालाई भने होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको अर्यालले बताए । आफ्ना नागरिकहरुको आवश्यक उपचार सहितको प्रबन्ध आफुहरुले मिलाएकाले कसैलाई नआत्तिन वडा अध्यक्ष अर्यालले आग्रह गरे ।