यस्तो छ २०७८ सालको भविष्य फल
शनिबार, वैशाख ११, २०७८

लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’)
शनिबार, वैशाख ११, २०७८
आज बिहान ६.०० बजेतिर उठें । किन किन आज अलि बढी स्फुर्तिको अनुभव भयो । आधा घण्टा बिहानको घाम तापें । नित्य कर्महरु सम्पन्न भए । कोठामै कफि बनाएर खाए । जागरसँग खाना पकाए । आज बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समूह (कन्सोर्टियम) को बैठक थियो । बोर्डका...

आज चैते दशैं पर्व, देशभर मनाइँदै
मंगलबार, वैशाख ७, २०७८
आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई...
लकडाउनका सय दिन ‘भाग–२’
शनिबार, वैशाख ४, २०७८
बिहान बाहिर खलबल सुनियो । उठेर बाहिर गएँ । घरका छतछतबाट छिमेकीहरुको गफगाफ रहेछ । गुनासो थियो समय कसरी कटाउने ? उकुसमुकुस पो भयो । घरको काम पनि सकियो । घाममा लुगा सुकाएर पनि सकियो ।

नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान
आइतबार, चैत २९, २०७७
पाल्पा, जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानले आमाहरुको तीज गीत, खोजमूलक कृति लोकापर्णसँगै साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ ।

लकडाउनका सय दिन
शनिबार, चैत २८, २०७७
अफिस जान नपर्ने भएपछि ओछ्यानबाट आज ८.०० बजे मात्र उठें । घरबाट बूढीको फोन आयो । के हुंदैछ ? के गर्दै हो ? दिन बिताउन गाह्रो पो होला जस्तो छ । मैले किताबहरु पढ्न सल्लाह दिएँ । पढ्ने लेख्ने बानीको फाईदा यो बेला हुँदो रैछ ।
आज कोठा सरसफाई गरें ...

अथकको ‘अमर पात्र’अध्ययन गर्दा
शनिबार, चैत २१, २०७७
सुत्रधार निर्देशक र शोधार्थीहरुद्वारा एउटै दृश्यमा नाटक प्रस्तुत गरिएको छ । दोस्रो नाटकको शीर्षक ‘‘पाल्पा राज्यका अन्तिम सेन वंशीय राजा पृथ्वीपाल सेन’’ रहेको छ । विशाल पाल्पामा राज्यका राजा पृथ्वीपाल सेनलाई केन्द्र बिन्दु बनाई सिर्जना गरिएको यस नाटकमा ६ वटा दृश्यहरु रहेका छन् । पहिलो दृश्य वि.सं. १८६१ बैसाखमा पाल्पा...

साहित्यकार पन्थको ‘समय स्फोट’ विमोचन
सोमबार, चैत १६, २०७७
साहित्यकार तथा उप–प्राध्यापक टंक पन्थको ‘समय स्फोट’ कविता संग्रह विमोचन भएको छ । कविता संग्रहको नेपाल पज्ञा प्रतिष्ठान लोक तथा बाल साहित्य विभागका प्रमुख प्रा.डा. देवी नेपालले विमोचन गरेका हुन् ।

होली पर्व र तानसेनको संस्कृति
सोमबार, चैत ९, २०७७
विगतमा होलीको बेला नेवारी समुदायमा गाइने यी हरफहरु आज पनि त्यतिकै लोकप्रिय छन् । रंगीन होली हाम्रो अगाडि आइसकेको छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाचगान गरी मनोरञ्जन...

प्रशिक्षक बस्यालको कृति ‘घरदेखि परसम्म’ विमोचन
शनिबार, चैत ७, २०७७
समीक्षक एवं नियात्रा विधाका अन्वेषक प्रमोद प्रधानका अनुसार बस्यालका यात्रा निबन्धहरू शिक्षा सम्बन्धित विषयवस्तु प्रवल रूपमा उल्लेख भएता पनि समालोचकीय चेतबाट प्रभावित छन् । विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक बस्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उनले यस कृतिलाई शिक्षा र साहित्य दुबैै विधाबाट...

सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको संरक्षकमा ‘भनभनेली’
मंगलबार, चैत ३, २०७७
सगरमाथा साहित्य प्रतिष्ठान लुम्बिनीको संरक्षकमा विष्णु घर्ती ‘भनभनेली’ नियुक्त भएका छन् । इस्मा गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका ‘भनभनेली’लाई प्रतिष्ठानले लुम्बिनी प्रदेश कमिटीको संरक्षक पदमा नियुक्ति गरेको हो ।

फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार
शनिबार, फागुन २९, २०७७
सधैँ मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा देखिने कलाकारहरु यति बेला दिन, दुखी, असहाय, फरक क्षमताका व्यक्तिहरु माझ पनि देखिन थालेका छन् । पाल्पाको कला संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै आएका पाल्पाली कलाकारहरुले यति बेला फरक क्षमताका व्यक्तिहरु, वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट र सक्दो सहयोग गर्दै आएका हुन् ।

पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन
शनिबार, फागुन २२, २०७७
पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका दुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ र ‘अर्पण’ कृति शनिबार एक भव्य समारोहका बिच विमोचन गरिएको हो । पाल्पा साहित्य समाज र पाल्पाली संगम, साहित्य विभाग काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कृति विमोचन गरिएको छ ।