Shittalpati
जानकी साहित्य पुरस्कार गौतमलाई दिइयो

गुल्मी, जानकी साहित्य पुरस्कार कवि तथा गीतकार नारद गौतमलाई प्रदान गरिएको छ । किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने यस वर्षको पुरस्कार रुरुक्षेत्र गाउँपालिका–४ चौतराका गौतमलाई प्रदान गरिएको हो ।

सो पुरस्कार १५६ औं मोती जयन्तीको अवसर पारेर किरण पुस्ताकालय तम्घासमा एक औपचारिक कार्यक्रमका बीच प्रदान गरिएको छ । गौतमले सिर्जनाको क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै यस बर्षको पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले बताए । गीतकार तथा कवि गौतमका डेढ दर्जन अप्रकाशित कविता संग्रहसँगै गुल्मी जिल्लासँग सम्बन्धित गीत रचना प्रकाशित भएका छन् । उनले उक्त गीतमार्फत गुल्मी जिल्लालाई चिनाउने प्रयास पनि गरेका छन् । यसभन्दा अगाडि उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले ०७५ सालमा, भागिरथि श्रेष्ठले ०७६ सालमा र रामप्रसाद पन्थले ०७७ सालमा प्राप्त गरेका थिए । साहित्यप्रति अत्यन्त रुची राख्ने स्वर्गीय जानकी ज्ञवाली गौतमको स्मृतिमा उनको परिवारद्वारा किरण पुस्ताकालयमा स्थापनार्थ जानकी ज्ञवाली गौतम प्रतिष्ठानको अध्यक्षकोषको व्याजद्वारा प्रत्येक वर्ष सो पुरस्कार प्रदान गर्दै आइएको छ । साहित्यकार, समाजसेवी एवं महिला अधिकारकर्मी समेत रहेकी ज्ञवालीको ०७३ साल मंसिर १२ गते अल्पायुमै निधन भएको थियो । स्वर्गीय जानकी ज्ञवाली गौतमले साहित्य तथा समाज सेवाको क्षेत्रमा पु¥याएको योगदानलाई स्मरणीय बनाउन परिवारजनले जानकी ज्ञवाली गौतम प्रतिष्ठान स्थापना गरेका छन् । प्रतिष्ठानको तर्फदेखि जानकी साहित्य पुरस्कारको लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षय कोष किरण पुस्तकालयमा स्थापना गरिएको छ । किरण पुस्तकालयले सोही अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष गुल्मी जन्मभूमी तथा कर्मभूमी भई इतिहास, कला, साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई जानकी साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update