Shittalpati
ऋषिपञ्चमी मनाइयो

पाल्पा, सप्तऋषिको पूजा गरी शनिबार ऋषिपञ्चमी मनाइएको छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका हुन् ।

महिलाले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्नुको साथै, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरे । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । अञ्जानमा भएका पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएको छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व शनिबारदेखि समापन भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update