Shittalpati
आज विश्वकर्मा पूजा

पाल्पा, आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउँदै छन् । यस दिन विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजा आराधना गर्ने गरिन्छ ।

आज कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने गर्दछन् । सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाई विश्वकर्मा मन्दिरमा जाने गरिन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update