Shittalpati
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु
पाल्पाको तिनाउमा भीरबाट लडेर ४४ वर्षीय पुरुषको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –६ मस्याममा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राती घरबाट हिडेका ४४ वर्षीय गणेश विष्ट आइतबार विहान घर नजिकैको भीरमा मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । अटो दुर्घटनामा दुई जना र ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा शुक्रबार राति भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास जिल्लाको माथागढी गाउँपालिका ७ रहवास र ८ बहादुरपुरको सीमानामा पर्ने अरूण खोलाको ताकातुङ्गमा पक्की पुल निमार्ण हुने भएको छ । पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका जिल्लाको रिव्दीकोट गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकिय गन्तव्यहरुको खोजी गरेको छ । ऐतिहासिक, पुरातात्विक, खेलकुद तथा कृषि कला संस्कृति लगायतका विविध विषयवस्तुमा आधारित रहेर गाउँपालिकाले पर्यटकिय गन्तव्यहरुको खोजी गरेको हो ।
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण
बगनासकालीमा स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण जिल्लाको बगनासकाली गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । चालु शैक्षिक सत्रदेखि नै लागू गर्ने गरी गाउँपालिकाले पहिलो चरणमा कक्षा १ का लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको हो ।
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड भएको छ । विहीबार राती तानसेन नगरपालिका ४ सिल्खानटोलमा रहेको पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरीको प्रयास गरिएको हो ।
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन (सामी) परियोजना अब सञ्चालन हुने भएको छ । यस अघि नेपाली काँग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।
मालपोत कार्यालयमा तोडफोड
मालपोत कार्यालयमा तोडफोड मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना तानसेन नगरपालिकाले वास (खानेपानी सरसफाई तथा स्वच्छता) कार्यक्रमको प्रतिवेदन प्रमाणिकरण गरेको छ । गणक तथा प्रतिनिधीहरु घर–घरमा पुगी खानेपानी, शौचालय र धारा भए नभएको घर संख्याको विवरण संकलन गरी तयार गरेको प्रतिवेदन नगर सरकारले प्रमाणित गरेको हो ।
पाल्पामा तीन पक्की पुलको शिलान्यास
पाल्पामा तीन पक्की पुलको शिलान्यास जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको छ । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाहरुलाई वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको सुरुवात गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको हो ।
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए गुल्मीका स्थानीय तहरुमा ४३ हजार २ सय ९४ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सकिदाँ ४३ हजार २ सय ९४ जनाले विवरण दर्ता गराएका हुन् ।
Weather Update