बजेटमा लुम्बिनी प्रदेशको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा
शुक्रबार, असार ३, २०७९
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी
बुधबार, असार १, २०७९
जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।
एक महिनामै सरकारको निर्णय फिर्ता
बुधबार, असार १, २०७९
एक महिना अघि आइतबार बिदा दिने संघीय सरकारको निर्णय फिर्ता भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णयको चौतर्फीक आलोचना भएपछि आजदेखि खारेज गरिएको हो । सरकारले बिदा दिन गरेको निर्णयको सुरुमै चौतर्फी विरोध भएको थियो ।
रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
आइतबार, जेठ २९, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रसले चार दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको हो ।
लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको अठोट
आइतबार, जेठ २९, २०७९
तानसेनका महिला नयाँ जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा रोक्ने अठोट गरेका छन् । लैङ्गिक हिंसा बढ्दै गएपछि उनीहरुले कारण पहिचान गरी रोक्ने अठोट गरेका हुन् ।
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो
शनिबार, जेठ २८, २०७९
स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।
मिडियाका कर्मचारी तान्दै पाल्पाका सहकारी
शुक्रबार, जेठ २७, २०७९
जिल्लाका गैरसरकारी र सहकारी संस्थाहरुले कर्मचारी भर्नामा चलाखी गरेको पाइएको छ । यहाँका केही प्रतिष्ठित कार्यालयहरुमा काम गरेर अनुभव संगालेका कर्मचारीहरुलाई नो अब्जेक्सन लेटर विना नै ति संस्थाहरुले भर्ना गर्ने गरेको पाइएको हो ।
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म
बिहीबार, जेठ २६, २०७९
तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् ।
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने
बुधबार, जेठ २५, २०७९
गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
बुधबार, जेठ २५, २०७९
पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका
बुधबार, जेठ २५, २०७९
समथर र पहाडीभेग समेटिएको रामपुर नगरपालिका प्राकृतिक हिसाबले रमणीय नगरको रुपमा परिचित छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरमा सडक, भवन, कृषि, पर्यटन, आयमूलक लगायतका क्षेत्रमा विकासले गति लिएको छ ।
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम
मंगलबार, जेठ २४, २०७९
दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अधिकांश नयाँ जनप्रतिनिधि छन् । धुर्कोट र कालीगण्डकी गाउँपालिकामा अध्यक्ष एवं मदानेमा उपाध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अन्य पालिकामा भने स्थानीय तह निर्वाचनमार्फत सबै नयाँ अनुहार निर्वाचित भएका हुन् । १२ पालिकामध्ये दुई पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् ...
पुनःमतदाता नामावली संकलन गरिदैं
मंगलबार, जेठ २४, २०७९
निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा केही व्यक्तिहरुको नाम छुटेको गुनासो आएपछि आयोगले संघ र प्रदेशको निर्वाचनमा उनीहरुलाई सहभागी गराउन पुनः मतदाता नामाली संकलन गर्ने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गतेसम्म मात्रै रहेकाले ति निर्वाचनका लागि आयोगले असार...

.jpg)
