तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
शनिबार, चैत ५, २०७८

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
शुक्रबार, चैत ४, २०७८
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।

पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए
बुधबार, चैत २, २०७८
जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।

पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो
बुधबार, चैत २, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको ज्यान गएको छ । मंगलबार राती घरको कोठामा एक्कासी आगलागी हुँदा ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको ज्यान गएको हो ।

पाल्पाली ढाकाको ‘ब्राण्डिङ’ गरिदैं
बुधबार, चैत २, २०७८
पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।

गुराँसै फूल्यो वनैमा...
मंगलबार, चैत १, २०७८
कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।

बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो
शनिबार, फागुन २८, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –४ खानीछाप वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालयको साँघुरो कोठाबाट सञ्चालन भएको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।

अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान
शनिबार, फागुन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।

पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाउँपालिका ३ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । माथागढी–३ की ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।

माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
बिहीबार, फागुन २६, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका...

पाल्पामा अवैध लागूऔषधसहित चार जना युवा पक्राउ
बुधबार, फागुन २५, २०७८
अवैध लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार तानसेन नगरपालिका–७ बाँसटारीस्थित सिद्धार्थ राजमार्गबाट दुई जना र रिब्दीकोट गाउँपालिका वडा २ दमक र ३ डुम्रीका स्थित हार्थोक–सर्देवा कच्ची सडक खण्डबाट दुई जनालाई अवैध लागूऔषधसहित पक्राउ...

रिब्दीकोट गाउँपलिकामा चार दलले गरे भ्रष्टाचार र अनियमितताको विरोध
मंगलबार, फागुन २४, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चार दलले विरोध जनाएका छन् । गाउँपालिकामा संक्रिय चार दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले संयुक्त विज्ञप्ती जारी गर्दै गाउँपालिकाबाट भएका भ्रष्टाचार र अनियमितता विरुद्ध विरोध जनाएका हुन् ।