माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९

स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
बुधबार, वैशाख ७, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।

तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु
शुक्रबार, वैशाख २, २०७९
जिल्लाको सदरमुकाम तानसेनमा आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । विहीबार साँझा तानसेन नगरपालिका –४ होलाङ्दीका ६१ वर्षीय केशव महर्जन आफ्नै घरको पेटीमा लडेर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

माथागढीले बनायो आवधिक र दीर्घकालीन योजना
बिहीबार, वैशाख १, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आवधिक र दीर्घकालीन योजना बनाएको छ । गाउँपालिकाले पञ्चवर्षे आवधिक र दश वर्षे दीर्घकालीन योजना बनाएको हो । गाउँपालिकाले २०७९/२०८०–२०८३/२०८४ सम्मका लागि आवधिक योजना र २०७८/२०७९– २०८८/८९ सम्मका लागि दीर्घकालीन योजना निर्माण गरेको छ ।

तानसेनमा राजनीतिक भन्दा विकासको सोंच भएको नेतृत्व आवश्यक : अध्यक्ष महर्जन
सोमबार, चैत २८, २०७८
पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले तानसेनको विकासका लागि राजनीतिक सोंच भन्दा पनि विकासको सोंच भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिकामा राजनीतिक सोंच बोकेको नेतृत्वको हालीमुहाली हुन पुग्दा विकासमा पछाडी परेको बताए । शित्तलपाटीसँगको कुराकानीमा अध्यक्ष महर्जनले यस्तो बताएका...

बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
शुक्रबार, चैत २५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
शुक्रबार, चैत २५, २०७८
जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ ।
.jpg)
‘माथागढीमा जनताले अनुभूति गर्ने गरी काम गर्न सफल भएका छौं’
बिहीबार, चैत २४, २०७८
स्थानीय तहका सरकार गठन भएर काम गरेको पनि पाँच वर्ष पुग्न लागेको छ । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा यतिबेला विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा उनीहरुले गरेका कामप्रति टिकाटिप्पणी हुनु स्वाभाविक नै हो ।

गुल्मीमा आए प्रहरी प्रमुखको रुपमा दाहाल
सोमबार, चैत २१, २०७८
गुल्मीमा प्रहरी प्रमुखको रुपमा भिमबहादुर दाहाल आएका छन् । उनी प्रहरी प्रमुखको रुपमा जिल्ला आएसँगै पत्रकारहरुसँग भेटघाट गरेका छन् । सोमबार प्रहरी उपरीक्षक दाहाल र पत्रकारहरुबिच परिचयात्मक कार्यक्रम तथा भेटघाट भएको हो ।

गुल्मीदरबारमा स्वास्थ्य चौकी र लिफ्ट खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले गुल्मीदरबार गाउँपालिका वडा नं. ५ अमरअर्वाथोक स्वास्थ्य चौकीको नवनिर्मित भवन र बढ्वा खोला लिफ्ट खानेपानीको उद्घाटन गरेका छन् । २०७७ पौष ६ गते निर्माण सुरु भएको स्वास्थ्य चौकी २०७८ फागुन १५ गते निर्माण कार्य सम्पन्न भएको अमरअर्वाथोक स्वास्थ्य चौकी र आ.व.२०७५/०७६...

इस्माको तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ्ग खानेपानीको उद्घाटन
आइतबार, चैत २०, २०७८
तिजुखर्क दरिनढुङ्गा लिफ्टिङ खानेपानीको लिफ्ट परीक्षण इस्मा गाउँपालिका ५ रजस्थलमा उद्घाटन गरिएको छ । नेपाली कांँग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीले एक औपचारिक कार्यक्रमकाबिच खानेपानीको उद्घाटन गरेका हुन । खानेपानीको उद्घाटन गर्दै सभापति पन्थीले सरकार परिवर्तन हँुदा खानेपानी जस्ता अत्यावश्यक आयोजनाहरुमा असर पुर्याएको बताए ।

तानसेनमा बस्यो नेपाल प्रेस युनियनको बैठक
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन पाल्पाको बैठक बसेको छ । आसन्न स्थानीय चुनाव र युनियनको केन्द्रीय महाधिवेशनका विषयमा छलफल गर्न शनिबार तानसेनमा युनियनको बैंठक बसेको हो । बैंठकले आसन्न स्थानीय तहको निर्वाचनका लागि युनिनको कार्यालयमा न्यूज डेस्क खडा गरी समाचार सम्प्रेषण गर्ने निर्णय गरेको छ ।