आदिवासी जनजाती संघ रिब्दीकोटको अधिवेशन
शुक्रबार, चैत १८, २०७८

स्थानीय तह निर्वाचनका लागि पाल्पामा १४ दल दर्ता
बिहीबार, चैत १७, २०७८
पाल्पामा स्थानीय तहको निर्वाचनका लागि १४ वटा दल दर्ता भएका छन् । जिल्लामा क्रियाशील मुख्य पाँच दलसहित १४ दल दर्ता भएका हुन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा...

रिब्दीकोट गाउँ सरकारको आफ्नै भवन निर्माण
बिहीबार, चैत १७, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण भएको छ । १ करोड ८७ लाख लागतमा सभाहल सहितको भवन निर्माण भएको हो । साँघुरो भवनबाट सेवाप्रवाह हुँदै आएको कार्यालयको अहिले आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको छ । साढे दुई तला रहेको भवनमा दुई सभाहल सहित १५ वटा कोठा रहेका छन् ।...

पाल्पामा बढ्दै चुनावी दौडधुप
मंगलबार, चैत १५, २०७८
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन जिल्लाका राजनीतिक दलहरु सक्रिय भएका छन् । विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप गरिरहेका हुन् । सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन् । एमालेले...

पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय मतदाता
सोमबार, चैत १४, २०७८
पाल्पा र गुल्मीका स्थानीय तहमा ४ लाख २३ हजार ९ सय ६६ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाल्पा र गुल्मीमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४ लाख २३ हजार ९ सय ६६ मतदाता कायम गरिएको हो । आयोगले आइतबार अन्तिम मतदाता...

पाल्पा र गुल्मीमा पनि तोकिए निर्वाचन अधिकृत
आइतबार, चैत १३, २०७८
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पा, गुल्मी सहित देशैभरका विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले पाल्पाका १०...

रैनादेवी छहरा गाउँ सरकार आफ्नै भवनमा
शनिबार, चैत १२, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ । गाउँ सरकारले ३ करोड २० लाख ६० हजार ५ सय ३६ रुपैयाँ लागतमा सभाहल सहितको अत्याधुनिक आफ्नै भवन निर्माण गरि सेवा दिन थालेको हो ।
.jpg)
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना
शनिबार, चैत १२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।

ओझेलमा रामपुरको बराहदेवी मन्दिर
शुक्रबार, चैत ११, २०७८
जिल्लाको रामपुर नगरपालिका १० होस्दीस्थित बराहदेवी मन्दिर भूगोलका हिसावले उपयुक्त, लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने महत्वपूर्ण धार्मिक केन्द्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यस मन्दिरको स्तरोन्नति र यहाँको धार्मिक पर्यटनको विकासले फड्को मार्न नसक्दा यो क्षेत्र बत्तिमूनिको अँध्यारो जस्तै बनेको छ ।

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, चैत ९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।

पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’
मंगलबार, चैत ८, २०७८
जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि...

समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो
सोमबार, चैत ७, २०७८
जिल्लाको तानसेन बतासेडाँडामा अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइएको छ । सोमबार नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि डिभिजन वन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालयको टोलीले अतिक्रमण गरी बनाइएका टहरा भत्काएको हो ।

तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण !
सोमबार, चैत ७, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको छ । स्थानीयतह निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको ३ सय रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको हो ।