Shittalpati
गुल्मीमा यस्तो छ दसैँ–तिहार सुरक्षा योजना

गुल्मी । नेपालीहरूको महान् चार्डपर्व दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लामा विशेष सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रशसान कार्याललयले विगतका चाडपर्वमा भएको सुरक्षा व्यवस्थानपनमा भएका कमी कमजोरीलाई मध्यनजर राख्दै यस वर्षको दसैँ तिहार सबैको लागि सुखद रहोस् भन्नका निम्ति विशेष सुरक्षा योजना बनाएको हो ।

चाडपर्वको समयमा बढी आवागमन हुने भएकाले सार्वजनिक सवारीका साधनहरूले मनोमानी भाडा असुल्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने जुन चलन छ, त्यसलाई रोक्न सुरक्षा योजना तयार पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको विशेष आतिथ्यतामा भएको सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्न विशेष सुरक्षा योजना निर्माण गरेको हो । बैंठकले चाडपर्वको मौकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरूलाई कठा कारबाही गर्ने निर्णय गरेको छ । विगतका चाडपर्वको समयमा मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना हुने गरेको भन्दै त्यसको रोकथामको लागि जिल्लाबाट बाहिरिने विभिन्न नाकामा चेक जाँचजाँच समेत कडा पारिने भएको छ ।

बैंठकले गुल्मीका बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने निर्णय पनि गरेको छ । सडकमा थुपारिएका निर्माण सामग्री सम्बन्धित सबैले हटाउने, बजार क्षेत्रभित्र एकतर्फी यातायात सञ्चालन गर्न रुट तय गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थीले जानकारी दिए । उनका अनुसार सामान लोड अनलोड गर्ने समय व्यवस्थापन गर्ने, ठाउँ–ठाउमा ट्राफिक नियम सम्बन्धी संकेतहरु राखिने छ । यस्तै बैठकले सबै सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्नुपर्ने, सम्पूर्ण यात्रुहरुले मास्क लगाउनुपर्ने, सम्पूर्ण सवारी साधनहरुले सवारीको प्रवेशद्वारमा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, यात्रु बोकी सकेपछि सवारी साधनलाई प्रत्येक पटक सेनिटाईज गर्नुपर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update