प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली
शनिबार, पुस १८, २०७७

निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
शनिबार, पुस १८, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
शुक्रबार, पुस १७, २०७७
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...

मेलमिलाप नीतिको सान्दर्भिकता : संविधान र लोकतन्त्रको रक्षा
शुक्रबार, पुस १७, २०७७
संविधान र लोकतन्त्रको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको संवद्र्धन नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता रहेको बताएका हुन् ।

संविधान रक्षाका लागि मेलमिलाप आवश्यक
बिहीबार, पुस १६, २०७७
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षाका मेलमिलाप नीति आवश्यक रहेको बताएका हुन् ।

ससंद पुनस्र्थापनाको माग गर्दै नेकपा दाहाल नेपाल पक्षको विरोध
मंगलबार, पुस १४, २०७७
संसद् विघटन असंवैधानिक कमद भएकोले संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै नेकपा पाल्पा दाहाल नेपाल पक्षले विरोध कार्यक्रम गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेकपा पाल्पा दाहाल नेपाल समूहले केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी, भ्रष्टाचारी, भएकोले विघटित संसद पुनःस्थापना गरी वर्तमान सरकारलाई हटाउनुपर्ने आवाज उठाएका छन् ।

राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
मंगलबार, पुस १४, २०७७
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।

लोकतान्त्रिक संविधान संरक्षण गर्न काँग्रेस सडकमा
मंगलबार, पुस १४, २०७७
लोकतान्त्रिक संविधान संरक्षणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सडकमा उत्रिएको छ । बहुमत प्राप्त केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानको मूल्य र मान्यता माथि नै कुठराघात गरी लोकतान्त्रिक संविधानलाई नै संकटमा पार्न लागेकोले त्यसको संरक्षणका लागि भन्दै काँग्रेस सडकमा उत्रिएको हो ।

नेकपा र चिनियाँ टोलीबीच विविध आयामबारे विचारविमर्श
मंगलबार, पुस १४, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।

पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
सोमबार, पुस १३, २०७७
पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
सोमबार, पुस १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”

संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
सोमबार, पुस १३, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो ।

लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
सोमबार, पुस १३, २०७७
प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।