Shittalpati
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण

पाल्पा, नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ । आइतबार सदरमुकाम तानसेनस्थित पार्टीको आफ्नै भवनमा प्रमाणपत्र वितरण तथा पदहस्तान्तरण गरिएको हो । नवनिर्वाचित पार्टीका पदाधिकारीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपाल र पार्टीका निर्वतमान सभापति वीरबहादुर रानाले एक कार्यक्रमको आयोजना गरि प्रमाण पत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति हिमालदत्त श्रेष्ठ , उप सभापति झपेन्द्र गहिरे, ज्ञानबहादुर गाहा, सचिव सन्तोष कुमार थापा मगर ,सुनिता अधिकारी, सह–सचिव विष्णु कुमार थापा, हुमिद मियाललाई निवर्तमान सभापति राना र केन्द्रीय सदस्य नेपालले प्रमाणपत्र वितरण गर्नुका साथै खादा ओढाई स्वागत गरेका थिए । यसैगरी कार्य समिति सदस्य लक्ष्मण बहादुर रायमाझी, सूर्य प्रसाद पोखरेल, गीता खनाल, गीता गौतम, अमिर बहादुर राना, कमल राना, गणेश प्रसाद श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, ईन्दिरा राना, काजल सारु, मिना कुमारी श्रेष्ठ,सन्ध्या बज्राचार्य, अरुण कुमार रसाईली, टेक बहादुर वि.क., तारा रसाईली, जंगन्नाथ कडेल,पुरुषोत्तम अर्याल, मोहन प्रसाद श्रेष्ठ,मुक्तिराम बस्याल, सुवी विश्वकर्मा, वुद्धीप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, ईन्द्रनारायण श्रेष्ठ, बालकृष्ण जि.सी., विष्णु प्रसाद पाण्डे, माधव थापा, दान बहादुर पौडेल, टेक बहादुर थापा, गीता भट्टराई, इन्दिरा भट्टराई, डिला कुमारी रानाभाट, जयश्वरा बाह्रघरे, सावित्रा गौतम, सरस्वतीदेवी आचार्य, कमला कार्की,गिरिजा गैरे र निर्मला पौडेललाई पनि प्रमाण पत्र प्रदान गर्नुका साथै खादा, माला लगाई स्वागत गरिएको थियो । पदहस्तान्तरण तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले अगामी कार्यकालको सफलताको शुभकामना दिनुका साथै कार्यकाललाई सफल बनाउन पाल्पाको संगठनलाई मजबूद र बलियो बनाएर लैजान सुझाव दिएका थिए । पूर्व सांसद समेत रहेका नेपालले पार्टीको आन्तरिक निर्वाचन भएकाले उपविजेता हुनेहरु पनि उच्च मनोवलका साथ अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका निर्वतमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले लोकतान्त्रिक प्रक्रियाको माध्यम्बाट नेतृत्व चयन भएकाले त्यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । उनले निर्वाचन लोकतान्त्रिक विधि भएकाले अब विजेता र उपविजेता सबै मिलेर एकीकृत काँग्रेस बनाउनुपर्नेमा जोड दिए । सभापति रानाले आफू बाँचुन्जेल व्यक्तिगत फाइदा भन्दा काँंग्रेसलाई फाइदा हुने गतिबिधिमा सदैव क्रियाशिल हुने उल्लेख गरे । नवनिर्वाचित सभापति हिमालदत्त श्रेष्ठले सबैको भावना अनुसार काँग्रेसलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पार्टीका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, पार्टी पूर्व सभापति ठाकुरचन्द्र विप्र, पूर्व उपसभापति कृष्ण अधिकारी लगायतले नवनिर्वाचित पादाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै पार्टी संगठनको विकास र विस्तारमा लाग्न नयाँ नेतृत्वलाई आग्रह गरे । निवर्तमान सभापति वीरबहादुर रानाको सभापतित्व, निवर्तमान कोषाध्यक्ष मुक्तिराम जिसीको स्वागत निवर्तमान सचिव झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update