Shittalpati
पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?

कृष्ण पोखरेल
पाल्पा, सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ता सारु, मञ्जु विक, अमर राना, सचिवमा नवराज बस्याल र सह–सचिवमा गोकुल पौडेल रहेका छन् । यस्तै तिनाउ गाउँपालिकमा राजेश श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चययन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटिको उपाध्यक्षमा, दिनेश जिसी, पम्फा थापा र रेवन्त छहरी, सचिवमा गणेश रास्कोटी, सह–सचिवमा छवि गहतराज र कोषाध्यक्षमा विक्रम राना निर्वाचित भएका छन् । निस्दी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद खत्री चयन भएका छन् । जसको उपाध्यक्षमा नवलकुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी, सचिवमा भुपिन सुनारी सह–सचिवमा नवीन आले र कोषाध्यक्षमा वेद खण्डलुक चयन भएका छन् । यस्तै माथागढी गाउँपालिकामा हरि चौहानको अध्यक्षतामा पालिका नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल, सचिवमा राजेश नेपाली, सह–सचिवमा चिन्तबहादुर बराल र कोषाध्यक्षमा कमला जिसी निर्वाचित भएका छन् ।

रम्भा गाउँपालिकाको अध्यक्षमा हिमाल अर्याल चयन भएका छन् । जसको उपाध्यक्षमा धनबहादुर सिञ्जापति, सचिवमा विजय केसी, कोषाध्यक्षमा पदम नेपाली, निर्वाचित भएको माओवादी केन्द्र पाल्पाले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा तुलराम गरम्जा निर्वाचित भएका छन् । सम्मेलनले उपाध्यक्षमा कृष्ण भण्डारी, ढुण्डिराज ज्ञवाली, कविता खनाल, सचिवमा प्रदीप पौडेल, कोषाध्यक्षमा बाबुराम सुनार, र सहसचिवमा तिलक थापालाई चयन गरेको छ । यस्तै बगनासकाली गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद भुसाल निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा कौशल न्यौपाने, जीतेन्द्र गाहा, सचिवमा दीपेन्द्र ढकाल, कोषाध्यक्ष लोककुमारी बस्याल रहेका छन् । रिब्दीकोट गाउँपालिकामा नारायणबहादुर कार्कीको अध्यक्षतामा नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मिरा राना, हरि कुँवर र विजय श्रेष्ठ, सचिवमा नारायण लामटाङ्गे, सह–सचिवमा नवराज ज्ञवाली र कोषाध्यक्षमा विधान कार्की निर्वाचित भएका छन् ।

पूर्वखोला गाउँपालिकाको अध्यक्षमा लीला सोमै, उपाध्यक्षमा तेजेन्द्र सिञ्जाली, कृष्ण खनाल र चन्द्र बर्मेली, सचिवमा अमृत कामु, सह–सचिवमा हरि बाह्रघरे र कोषाध्यक्षमा धातानन्द भट्टराई चयन भएका छन् । यस्तैगरी रामपुर नगरपालिकाको अध्यक्षमा यमबहादुर सुनार, उपाध्यक्षमा वीरबहादुर कुमाल, पदम अधिकारी र लक्ष्मी ढकाल, सचिवमा पिताम्बर भट्टराई, सह–सचिवमा जयलाल विक र कोषाध्यक्षमा श्याम भट्टराई चयन भएका छन् । माओवादी केन्द्रको नयाँ विधान अनुसार स्थानीय तहमा एक अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक सचिव, एक सह–सचिव र एक कोषाध्यक्ष सहित ५५ सदस्यीय सम्म पालिका कमिटी निर्माणको व्यबस्था रहेको छ । पछिल्लो समय सांगठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने तयारी गरेको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update