Shittalpati
गुल्मीमा काँग्रेस मतदान रोकियो

गुल्मी, नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।
७ स्थानबाट मतदान भइरहेका बेला मुसिकोट नगरपालिकाको बुथमा मतपत्रमा संकेत गरेको भेटिएपछि विवाद सिर्जना भएको थियो । लामोसमयसम्म विवाद सिर्जना भएपछि उक्त बुथको मतदान कार्य रोकिएको जनाइएको छ । रोकिएको मतदान सुरु गर्ने विषयमा उम्मेदवारसहितको बैंठक बसेको छ । बैंठले आइतबार मतदान गर्ने समय तोक्ने जनाएको छ । यहाँ शुक्रबार उम्मेदवारी मनोनयन गरिए पनि शनिबार मात्र निर्वाचन गरिएको थियो ।

अधिवेशनमा सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगर बिच प्रतिस्पर्धा भएको छ । जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी पौडेल पक्ष र थापा देउवा पक्षधर नेता हुन् । दुई जना जिल्ला उपसभापतिका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । जसमा अनन्तराम पौडेल, शिबबहादुर खत्री, झविन्द्र बिश्वकर्मा, सुर्दशन खनाल र बिष्णुकुमारी सापकोटाबीच प्रतिस्पर्धा भएको छ । दुई जना जिल्ला सचिव पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएको छ । सचिवमा पृथ्वीबहादुर फौजदार, जगदीश भट्टराई, भगतसिंह खड्का, थम्मनबहादुर केसी र पूर्ण केसीले उम्मेदवारी दिएका छन् । दुईजना सह–सचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको छ । धर्मराज पाण्डे, रेशम कुँवर, छविलाल पाण्डे र निरज मरासिनीले सह–सचिवमा उम्मेदवारी दिएका छन् । जिल्ला सदस्य पदमा ५० जना भन्दा बढीले उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिमा ७ पदाधिकारीसहित ४५ सदस्यीय हुने छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update