Shittalpati
गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी

गुल्मी,  नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए । उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३ सय ८४ मत ल्याएर पराजित भए । पन्थी रामचन्द्र पौडेल पक्षका हुन् । पराजित थापा देउवा पक्षका हुन् । पन्थी यसअघि जिल्ला कार्यसमिति सचिव थिए । थापा भने महाधिवेशन प्रतिनिधि हुन् ।

शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । त्यस्तै दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले एक हजार १ सय ८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदीश भट्टराईले ९ सय ९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सह–सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा छविलाल पाण्डेले एक हजार १ सय ३३ मत र धर्मराज पाण्डेले ८ सय ५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि एक हजार ७ सय ६१ जना प्रतिनिधि रहेका थिए । त्यसमध्ये एक हजार ६ सय ९३ मत खसेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update