Shittalpati
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय...
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् ।
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई ज्ञानमाला संघ, आनन्द विहार तानसेनले नेपालका पुज्यापाद सातौ संघनायक अग्ग महापंडित धम्माचार्य श्रध्देय भिक्षु डा.ज्ञानपूर्णिक महास्थविरलाई एक कार्यक्रम गरी सम्झिएको छ । संघले उपचारका क्रममा असार १९ गते काठमाडौंको सुमेरु अस्पतालमा दिवंगत भएका भिक्षु डा. महास्थविरको सातौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरी सम्झिएको हो ।
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो जिल्लामा थप ११ जना संक्रमितले कोरोना जितेका छन् । बिहीबार मात्र पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा
गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा भएको छ । समाजले उक्त बैठकमा संस्थाको आम्दानी र खर्च सावजनिक समेत गरेको छ । कोभिड-१९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको अष्ट्रेलियन डलर ५ हजार,६ सय, ६० रुपैया बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।
Weather Update