Shittalpati
यसरी सम्झियो ज्ञानमाला संघले भिक्षु डा.ज्ञानपूर्णिकलाई

पाल्पा,ज्ञानमाला संघ, आनन्द विहार तानसेनले नेपालका पुज्यापाद सातौ संघनायक अग्ग महापंडित धम्माचार्य श्रध्देय भिक्षु डा.ज्ञानपूर्णिक महास्थविरलाई एक कार्यक्रम गरी सम्झिएको छ । संघले उपचारका क्रममा असार १९ गते काठमाडौंको सुमेरु अस्पतालमा दिवंगत भएका भिक्षु डा. महास्थविरको सातौ दिनको पूण्य तिथिमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन गरी सम्झिएको हो ।

बौद्ध धर्मको संरक्षण र विस्तारमा महास्थविरले पुर्‍याएको योगदानको संघले चर्चा गरेको छ । संघले विहिबार तानसेनको शित्तलपाटीमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली अपर्ण गरेको थियो । कार्यक्रममा तानसेनका विभिन्न बौद्ध विहारका प्रमुख तथा प्रतिनिधि, जिल्लाका जनप्रतिनिधि,उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश सांसद डा.पुरनमान बज्राचार्य, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन लगायतले भिक्षुको योगदानको विषयमा चर्चा गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए । संघका निवर्तमान अध्यक्ष विनयराज बज्राचार्यले दिवंगत महास्थविरको जीवनीका विषयमा जानकारी गराएका थिए । कार्यक्रम संघका अध्यक्ष सरोजलाल शाक्यको अध्यक्षता, महासचिव सञ्जयराज शाक्यको सञ्चालनमा भएको थियो । दिवंगत महास्थविर तानसेन टक्सार टोल निवासी हुन ।

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update