
जेनेभा स्वीट्जरल्याण्ड । नेपाली समयानुसार बिहीबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४ सय ६७ जना व्यक्ति निको भएर घर फर्केका छन् । कोरोनाबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १ सय ६४ पुगेको बताइएको छ । संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १ सय ८१ जना संक्रमित भएका डब्लुएचओद्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
हाल विश्वभरमा कोरोना संक्रमित करिब ४५ लाख ४८ हजार ५सय ५० व्यक्ति उपचाररत छन् । संक्रमितहरुमा ५८ हजार २ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८ सय ६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १ सय ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४ सय ६३ जनाको मृत्यु भएको छ । युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । (रासस/एएफपी)