Shittalpati
पाल्पाका थप ११ जना संक्रमितले कोरोना जिते, घर फर्कने संख्या ७० पुग्यो

पाल्पा । जिल्लामा थप ११ जना संक्रमितले कोरोना जितेका छन् । बिहीबार मात्र पूर्वखोला गाउँपालिकाका ११ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । गाउँपालिकामा निको भएर घर फर्कनेको संख्या १२ पुगेको छ ।

बिहीबार देखिएका मध्ये १० जना रम्भा गाउँपालिकाको ताहुँमा निर्माण गरिएको आइसोलेशन सेन्टर र एक जना लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उपचाररत थिए । उनीहरु सबै पुरुष रहेका छन् । योसँगै जिल्लामा कोरोना जितेर घर फर्कनेहरुको संख्या ७० पुगेको छ । यसअघि रम्भा गाउँपालिकाका २५, माथागढी गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका १८ जना, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ४, निस्दी गाउँपालिकाका ३, रामपुर नगरपालिकाका २ जना, लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किसकेका छन् । उनीहरु जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका थिए । अहिलेसम्म संक्रमितको संख्या ५ सय ४७ पुगेको छ भने संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको छ । बिहीबार भने जिल्लामा संक्रमितको सख्या शून्य रहेको छ ।

हालसम्म बगनासकाली गाउँपालिकामा संक्रमितको संख्या ४२,रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update