Shittalpati
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना  सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको हो ।
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी
मुलुकमा निर्वाचनको विकल्प छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका छन् । उनले  भने, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।”
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती
पोखराथोक साहित्य संगमले  मनायो रजत जयन्ती जिल्लाको साहित्यिक क्षेत्रमा सक्रिय पोखराथोक साहित्य संगमले रजत जयन्ती मनाएको छ । संगमले एक औपचारिक कार्यक्रम गरी रजत जयन्ती मनाएको हो ।
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण
किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।
माइक्रो बस दुर्घटना अपडेट  : एक जनाको मृत्यु
माइक्रो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ ।
हवाई उडान सामान्य प्रभावित
हवाई उडान सामान्य प्रभावित प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् । 
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए
रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे । 
लेक लागेर तीर्थालुको मृत्यु
लेक लागेर तीर्थालुको मृत्यु मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । 
अझै पाँच हजार कैदी कारागार बाहिरै
अझै पाँच हजार कैदी कारागार बाहिरै ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।   
लेक लागेर भरियाको मृत्यु
लेक लागेर भरियाको मृत्यु मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते कालीगण्डकी करिडाेर हुदै  पाल्पाको रामपुर तर्फ जाँदै गरेको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
Weather Update