Shittalpati
महानगर प्रमुखबाट बालेन्द्र शाहले दिए राजिनामा

पाल्पा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर प्रमुख पदबाट राजिनामा दिएका छन् । आइतबार उनले महानगर उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

उनले नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम आजदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । आफू मेयर पदमा रहँदा नगरवासीको हितका लागि काम गरेको राजीनामा पत्रमा उल्लेख छ । “यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक गर्ने प्रयास गरेको छु । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,” उनले पत्रमा भनेका छन् ।

राजिनामा दिएसँगै उनी सक्रिय राजनीतिमा प्रवेश गर्ने भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा आगामी निर्वाचनमा सहभागी हुँदैछन् । उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी समेत गरेका छन् ।

बालेनले राजिनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।  स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update