गुल्मीमा छोराद्वारा बुबाको हत्या
आइतबार, कात्तिक १६, २०८२
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
आइतबार, कात्तिक १६, २०८२
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका–१ को भराहा खोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा रेसुङ्खा नगरपालिका –२ बाख्रेछेडाका सरोज बस्नेतको मृत्यु भएको हो ।
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित
शनिबार, कात्तिक १५, २०८२
सम्मरीमाई गाउँपालिका–६ स्थित अवधपुरका किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएपछि चिन्तित भएका छन् ।
हरिबोधिनी एकादशीमा रेसुङ्गामा पूजा गर्नेको घुइँचो
शनिबार, कात्तिक १५, २०८२
हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा विशेष मेला एवं पूजा गर्ने भिड लागेको छ । हरिबोधिनी एकादशीको दिन धार्मिक स्थल रेसुङ्गामा ठुलो मेला लाग्नुका साथै स्नान र पुजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन...
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिदैं
शनिबार, कात्तिक १५, २०८२
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ ।
आइतबार तानसेनमा सार्वजनिक बिदा
शुक्रबार, कात्तिक १४, २०८२
तानसेन नगरपालिकाले कात्तिक १६ गते आइतबार सार्वजनिक बिदा दिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा कार्तिक शुक्ल द्धादशीका दिन सिन्दुर रथजात्रा ( रथयात्रा) मनाइने भएकाले असोज २६ गते बसेको नगरपालिकाको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन
शुक्रबार, कात्तिक १४, २०८२
उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको विहीबार मृत्यु भएको हो ।
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
शुक्रबार, कात्तिक १४, २०८२
म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्दैनन् । आवाजको भरमा मान्छे चिन्छन् । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाएका छन् । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका...
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
बिहीबार, कात्तिक १३, २०८२
मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अपाङ्गमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा
बिहीबार, कात्तिक १३, २०८२
दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।
चिन्तामा किसान : स्याहार्ने बेला वर्षाले बिगार्यो धान
बिहीबार, कात्तिक १३, २०८२
किसानले मानो रोपी फलाएको मुरी धान वर्षाले विगारेपछि चिन्तित बनेका छन् । तिहार लगत्तै काटेका धान स्याहार्न नपाउँदै पानी परेपछि पाल्पाका किसान चिन्तित बनेका हुन् ।
आज कुष्माण्डा नवमी पर्व
बिहीबार, कात्तिक १३, २०८२
कार्तिक शुक्ल नवमी, सनातन धर्मावलम्बीले आज कुष्माण्ड नवमी पर्व विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । आजको यो दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ ।
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते
बुधबार, कात्तिक १२, २०८२
सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।


