बालमैत्री घोषणाको तयारीमा रामपुर नगरपालिका
                        बुधबार, वैशाख १०, २०८२
                    
                
                        
                    
                        
                                गंगादेवीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला
                            
                         बुधबार, वैशाख १०, २०८२
                        
                        
                            जिल्ला अदालत गुल्मीले गंगादेवी शेरचनको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले धुलिखेल नगरपालिका–७, काभ्रेका शिवबहादुर तामाङ, बडीगाड गाउँपालिका–७, बागलुङका थमनबहादुर घर्ती र मकवानपुर घर भई चन्द्रागिरी नगरपालिका–१०, काठमाडौँ बस्ने लोकबहादुर दर्लामीलाई जन्मकैदको फैसला सुनाएको हो ।
                    
                
                        
                    
                        
                                विश्व पुस्तक दिवस नेपालमा पनि मनाइँदै
                            
                         बुधबार, वैशाख १०, २०८२
                        
                        
                            “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो...
                    
                
                        
                    
                        
                                तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा दुई गाडीसहित ११ गोरु प्रहरी नियन्त्रणमा
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ । जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।   
                    
                
                        
                    
                        
                                पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावक आन्दोलनमा (हेर्नुहोस् भिडियोसहित)
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालय बन्द गरेर ३ हप्तादेखि शिक्षकहरु काठमाडौं आन्दोलनमा रहेका बेला यता अभिभावकहरु भने विद्यालयमै पुगेर पठनपाठन गराउन भन्दै आन्दोलन गरेका छन् ।
                    
                
                        
                    
                        
                                बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए...
                    
                
                        
                    
                        
                                कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि  परीक्षा  सञ्चालन गर्ने तायारी गरेको हो ।
                    
                
                        
                    
                        
                                आन्दोलन संस्कृतिको विकास
                            
                         मंगलबार, वैशाख ९, २०८२
                        
                        
                            केही वर्ष अघिसम्म आन्दोलनको पर्याय नै बनेको थियो नेपाल बन्द । विभिन्न बहानामा ‘नेपाल बन्द’ गर्ने प्रवृत्ति व्यापक थियो । ठूला दलदेखि साना समूहसम्मले केही प¥यो कि नेपाल बन्द गरिहाल्थे । तर पछिल्लो समय नेपालै बन्द गर्ने आन्दोलन कम हुँदै गएका छन् ।
                    
                
                        
                    
                        
                                दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए ।
                    
                
                        
                    
                        
                                शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सोमबार भट्टराईले राजीनामा बुझाएकी हुन् ।
                    
                
                        
                    
                        
                                तानसेनमा दीगो तथा सम्मानित रोजगारीका लागि सीप कार्यक्रमको निरीक्षण
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            तानसेनमा सञ्चालित दीगो तथा सम्मानित रोजगारी लागि सीप परियोजना (इन्स्योर)  कार्यक्रमको निरीक्षण गरिएको छ । तानसेन नगरपालिकाको आयोजना र हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको सोमबार निरीक्षण गरिएको हो ।
                    
                
                        
                    
                        
                                पर्यटकको रोजाइमा विचित्र गुफा
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित  विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
                    
                

                    
                    
                    