सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त
मंगलबार, असार ३१, २०८२
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
मंगलबार, असार ३१, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
मंगलबार, असार ३१, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदै
मंगलबार, असार ३१, २०८२
जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
करेन्ट लागेर दुई जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही र झापामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषा र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको हो ।
जियोकृषि एपमार्फत कृषक डिजिटल सेवा
सोमबार, असार ३०, २०८२
यहाँको रिब्दीकोट गाउँपालिका –२ का टिकाबहादुर राना व्यवसायिक कृषक हुन् । उनले चार वटा टनेलमा टमाटर फलाउँदै आएका छन् । बारीमा उत्पादन गरेको टमाटर रानाले सहकारीमार्फत विक्री गर्दै आएका छन् ।
कृषकको सहारा बन्दै ‘जियोकृषि एप’
सोमबार, असार ३०, २०८२
पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ ।
म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना
सोमबार, असार ३०, २०८२
म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१र२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो ।
पाल्पामा पहिरो र भू–क्षय रोक्न ‘बायो इञ्जिनियरिङ प्रविधि’
सोमबार, असार ३०, २०८२
तानसेनमा ‘बायो इञ्जिनियरिङ प्रविधि’ मार्फत पहिरो तथा भू–क्षय नियन्त्रण गर्न थालिएको छ । तानसेनस्थित लामिडाँडाको सडकमा बायो इञ्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो रोकथाम र भू–क्षय नियन्त्रण गर्न थालिएको हो ।
अवैध लागूऔषध सहित १२ जना पक्राउ
सोमबार, असार ३०, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, सुर्खेत, सुनसरी, सिराहा, मकवानपुर, मोरङ, कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


