सवारी दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, साउन ४, २०८२
बुटवल–नारायणगढ दाउन्ने सडकः एक वर्षमै ६३ पटक बन्द
आइतबार, साउन ४, २०८२
बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण
शनिबार, साउन ३, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ ।
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
शनिबार, साउन ३, २०८२
जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
शनिबार, साउन ३, २०८२
यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन्।
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
शनिबार, साउन ३, २०८२
पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री
शनिबार, साउन ३, २०८२
साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद
शनिबार, साउन ३, २०८२
जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
वामदेव र माधवको पार्टीबिच एकता
शुक्रबार, साउन २, २०८२
नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा भएको हो । दुई पार्टीका अध्यक्षहरू माधवकुमार नेपाल र वामदेव गौतमबीच गत शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । एकीकृत समाजवादीमा गौतमलाई वरिष्ठ नेताको जिम्मेवारी...
आइतबारदेखि भारी वर्षाको प्रक्षेपण
शुक्रबार, साउन २, २०८२
आइतबारदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर सर्ने र त्यसको प्रभावले सोमबारसम्म देशभर नै भारी वर्षा हुने उनीहरुले प्रक्षेपण गरेका हुन् ।
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुँदै, तयारी पुरा
शुक्रबार, साउन २, २०८२
पाल्पामा भोली ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुने भएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रलाई समेट्ने गरि ‘कोरा साइक्लिङ च्यालेञ्ज’ हुन लागेको हो ।
राहुघाटको म्याद तेस्रोपटक थपियो
शुक्रबार, साउन २, २०८२
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो ।
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
शुक्रबार, साउन २, २०८२
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।


