Shittalpati
पाल्पामा काँग्रेसप्रति बढ्दो आकर्षण, जेनजी प्रवेशको लहर

पाल्पा,आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदैं जाँदा पाल्पामा काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ । दोस्रो विशेष महाधिवशेनबाट गगनकुमार थापा सभापति भएपछि विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता काँग्रेसप्रति आकर्षित हुँदै गएका हुन् । पार्टीमा युवा नेतृत्व आएपछि देश र भेष बदल्ने आशाका साथ जेनजी र अन्य पार्टीका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने लर्को लागेको हो ।

दुई वटा निर्वाचन क्षेत्र रहेका यहाँ काँग्रेसले आयोजना  गरेका सभा सम्मेलनमा सहभागी भई जेनजीहरु स्वतस्फूर्त रुपमा काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो छ  । समयमै काँग्रेसलाई बुझेर जेनजीहरु कांग्रेस प्रवेश गर्नेहरूको लहर बढ्दो रहेको भन्दै पार्टीमा उत्साह थपिएको नेताहरूले बताएका छन् । यहाँको क्षेत्र नं. १ को निस्दीमा शुक्रबार १० जना भन्दा बढी जेनजी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । युवाहरुलाई नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारी, प्रत्यक्ष उम्मेदवार सन्दिप राना, कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर राना, क्षेत्रिय सचिव कपिल बहादुर खाँण, महाधवेशन प्रतिनिधि शालिकराम पाण्डे, निस्दी गाउँपालिका सभापति पूर्ण बहादुर खाँण लगाएतले स्वागत गरे ।  पाल्पा क्षेत्र  नं. २ को रिब्दीकोटमा पनि जेनजीसहित विभिन्न पार्टी परि त्याग गरी ९ जना काँग्रेसमा प्रवेश गरेका छन्  । उनीहरुलाई  क्षेत्र नं.२ का उम्मेदवार हिमाल दत्त श्रेष्ठ , काँग्रेस पूर्व केन्द्रीय सदस्य हरी नेपाल, काँग्रेस निर्वाचन परिचालन समिति पाल्पाका संयोजक  बिर बहादुर राना लगायतले पार्टीमा स्वागत गरेका छन् ।

नजिकिदै गरेको प्रतिनिधिसभा निर्वाचनमा सही पार्टी र सही नेतृत्व चयन भएमात्रै जनताले सुख पाउने उम्मेदवार श्रेष्ठले बताए । उनले नेपाली कांग्रेसका उम्मेद्वारहरु हरेक जनताको दुःखसुखमा साथ–साथ रहेको बताउँदै कांग्रेसलाई देशको नेतृत्वमा पुर्याउन रुख चिन्हमा मतदान गर्न आम मतदातामा आह्वान गरे । पूर्व केन्द्रीय सदस्य नेपालले देशलाई निकाश र विकास दिने पार्टी नेपाली काङ्ग्रेस मात्र भएकोले काँग्रेस उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे । त्यस्तै अर्का नेता रानाले जनताको दुख सुखको सारथी काङ्ग्रेस नै रहेकोले सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।  क्षेत्र नं. १ का कांग्रेसका उम्मेदवार सन्दीप रानालाई  शुक्रबार निस्दी गाउँपालिकाका स्थानीयले भव्य स्वागत गरेका छन् ।

निर्वाचनको प्रचार प्रसारको क्रममा निस्दीको गाउँबस्तीमा पुगेका राना सहितको टोलीलाई स्थानीयले फूलमाला, बुकी र अविर सहित महिला तथा युवाहरुले स्वागत गरेका थिए । बाकामलाङको चारघरे, भोटाहा, डमरा, अर्मलाङ्ग, पूर्वमलाङ्ग, लेखमलाङ्ग, गेझा, तल्लो बाका, बडहरे, छपाक्दी, माथिल्लो बाका, लेखमलाङ्ग लगाएतका स्थानमा स्थानीयले भव्य स्वागत गरेका हुन् । जेनजीको आन्दोलन पछि हुन लागेक‍ो चुनाव, बदलिएको कांग्रेसले लड्दै गरेको चुनाव र ३३ वर्ष पछि पाल्पाको नेतृत्व परिवर्तनका लागि हुन लागेको निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक निर्वाचन भएक‍ो उम्मेदवार रानाले बताए । नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताए । कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर रानाले व्यवस्था परिवर्तन देखि देशलाई निकास दिन कांग्रेसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update