अरिङ्गालले टोकेर एक महिलाको मृत्यु
शनिबार, साउन १०, २०८२
मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’
शनिबार, साउन १०, २०८२
मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उहाँले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्नुहुन्छ । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् ।
कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी
शनिबार, साउन १०, २०८२
यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन।
हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी
शनिबार, साउन १०, २०८२
यहाँको रेसुङ्गा नगरपालिका–७ मा १०० किलोवाट क्षमताको हावाबाट ऊर्जा परियोजना स्थापना गर्ने तयारी गरिएको छ ।
गर्मी बढेपछि बन्द हुन थाले विद्यालय
शनिबार, साउन १०, २०८२
गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
महिनाभर मनाउने गुँला पर्व सुरु
शनिबार, साउन १०, २०८२
नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व विहीबारदेखि सुरु भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व विधिवत् सुरु भएको हो ।
गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल
शुक्रबार, साउन ९, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्नेमा जोड दिएका छन
पाल्पामा एक वर्षमा करिब १९ हजारले लिए नागरिकता
शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय पाल्पा र इलाका प्रशासन कार्यालय रामपुरले एक वर्षको अवधिमा करिब १९ हजार जनालाई नागरिकता वितरण गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०८१/०८२ मा गैरआवासीय र अंगीकृतसहित १८ हजार ९ सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरेका हुन् ।
पुष्पलालको विचार आत्मसात् गर्नुपर्नेमा जोड
शुक्रबार, साउन ९, २०८२
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका विचार आत्मसात् गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा आयोजित पुष्पलाल स्मृति दिवसमा बोल्ने अधिकांस वक्ताहरूले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिष्ट आन्दोलनमा विचलन आएको भन्दै उनको विचारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान
बिहीबार, साउन ८, २०८२
सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने भएको हो ।
पाल्पामा एक वर्षमा १७ जनाले लिए गैरआवासीय नागरिकता
बिहीबार, साउन ८, २०८२
पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१र८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो
लाखे नाच संरक्षणमा तानसेनका युवा
बिहीबार, साउन ८, २०८२
लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।
दिदीबहिनी मृतावस्थामा फेला
बिहीबार, साउन ८, २०८२
यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।


