पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । यहाँको रैनादेवी छहरा गाउँपालिका–१ भर्ले स्थित भित्री कच्ची सडक खण्डमा सिद्देश्वरबाट सर्देवा तर्फ आउँदै गरेको लु २ ख २००१ नम्बरको टिपर बुधबार राती दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक रैनादेवी छहरा– ३ भुवनपोखरीका ३४ वर्षीय खिमबहादुर सोमई मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सोमई मगरको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा विहीबार विहान मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनाग्रस्त टिपर सडकदेखि करिब २०० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


