आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन
शुक्रबार, साउन १६, २०८२
झाँगिदै सम्बन्धविच्छेद : स्वतन्त्रताको खोजी कि सामाजिक विचलन !
शुक्रबार, साउन १६, २०८२
यहाँको बगनासकाली गाउँपालिकाकी एक युवतीलेदुई वर्षअघि २१ वर्षको उमेरमा अन्तरजातीय विवाह गरिन् तर उनको दाम्पत्य जीवन तीन वर्ष पनि टिक्न सकेन । एक सन्तानकी उनीविवाह भएको दुई वर्ष पुग्दा नपुग्दै खटपट सुरु भयो । उनलाई श्रीमान् रघरपरिवारबाट घरछेउका
घट्दै कोदो खेती, मनाइँदै दिवस
शुक्रबार, साउन १६, २०८२
पोषणयुक्त र स्वस्थकर अन्नबालीका रुपमा लिइने कोदो खेती पछिल्ला वर्षमा किसानले लगाउनै छाडेका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ । कोदो फल्ने भेगमै किसानले खेती गर्न छोडेपछि अहिले बीउसम्म पाउन मुस्किल भएको छ ।
आजबाट विश्व स्तनपान सप्ताह सुरु
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्वबारे जानकारी दिन एक हप्तामा विभिन्न कार्यक्रम हुने गर्छन् ।
गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ
बिहीबार, साउन १५, २०८२
जिल्लाका किसानहरू वर्षा सुरु भएसँगै रोपाइँमा व्यस्त बनेका छन । केही ठाउँमा पानीका मुहान नफुटेकाले टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस वर्ष समयमै रोपाइँ भएको हो ।
साउन पन्ध्र संस्कृति : कर्मकाण्ड कि अर्थपूर्ण ?
बिहीबार, साउन १५, २०८२
पाल्पा, नेपाल बहुभाषिक, बहुसंस्कृतिक भएको मुलुक हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । साउने पन्ध्र संस्कृति पनि एक हो । प्रत्येक वर्ष साउन १५ गते खिर खाएर...
रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्दै
बुधबार, साउन १४, २०८२
जिल्लाको रामपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गर्ने भएको छ । नगरपालिकाले स्थानीयस्तरमा रहेका विभिन्न विषयवस्तुलाई समेटेर पुस्तक तयार गर्न लागेको हो ।
पाल्पा जेसिजले दियो सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री
बुधबार, साउन १४, २०८२
सामाजिक कार्यमा सक्रिय पाल्पा जेसिजले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । जेसिजले जिल्लाको तानसेन नगरपालिका– ११ मा रहेको लिपिन्देवी आधारभुत विद्यालयमा अध्यनरत ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
बुधबार, साउन १४, २०८२
म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे(निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।
रम्भामा शैक्षिक गुणस्तर बढाउन प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता
बुधबार, साउन १४, २०८२
जिल्लाको रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसँग शैक्षिक गुणस्स्तर बढाउनको लागि ३१ बुदे कार्यसम्पादन करार सम्झौता गरेको छ ।
भुसालडाँडा माविमा वातावरण बहस तथा वृक्षरोपण
बुधबार, साउन १४, २०८२
लायन्स क्लव अफ पाल्पा प्राइडले तानसेन नगरपालिका –१ भुसालडाँडा माध्यमिक विद्यालयमा “गो ग्रीन” अन्तर्राष्ट्रिय अभियान अन्तर्गत विद्यार्थीहरुसँग प्यानल छलफल तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण
बुधबार, साउन १४, २०८२
बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
बुधबार, साउन १४, २०८२
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो हरेक वर्ष ३० जुलाईका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न मनाउने गरिएको हो ।


