पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
मंगलबार, वैशाख ३०, २०८२
ऐनलाई लत्याउँदै ‘भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन’
सोमबार, वैशाख २९, २०८२
संघीय सरकार अन्तर्गत गुठी संस्थान ऐन २०३३ मा भएको व्यवस्थालाई लत्याउदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले भैरवनाथ मन्दिर व्यवस्थापन समिति गठन गरेको छ । उसले गुठी संस्थान ऐन २०३३ को दफा १६ र १७ बमोजिम देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१ को धज्जी उडाउँदै आफू अनुकूल समिति गठन गरेको पाइएको...
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, वैशाख २९, २०८२
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नंको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
सोमबार, वैशाख २९, २०८२
यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
प्रधानमन्त्री लुम्बिनीमा
सोमबार, वैशाख २९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनि यहाँ आएका हुन् ।
नर्सका पीडा उस्तै
सोमबार, वैशाख २९, २०८२
रातदिन सेवामा खटिने नर्सहरु अस्पतालमा पुगेका बिरामीका लागि भरोसाका केन्द्र हुन् । बिरामीको हेरचाहमा उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ । औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा तिनै नर्स विभिन्न बहानामा पीडित छन् । हरेक वर्षको मे १२ तारिखमा नर्सिङ सेवा र नर्सहरुलाई...
उभौली पर्व मनाइँदै
सोमबार, वैशाख २९, २०८२
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस चाडलाई...
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
सोमबार, वैशाख २९, २०८२
जिल्लाको रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो ।
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरि मनाइँदै
सोमबार, वैशाख २९, २०८२
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६९ औं बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
ओझेलमा ‘जोगीपानी कुवा’
आइतबार, वैशाख २८, २०८२
यहाँको कुवाको पानी पिएपछि वाक्य नफुटेका बच्चाहरूको वाक्य फुटछ भन्ने विश्वास सयौं वर्षदेखि कायमै छ । कुवाको पानी पिलाउँदा पछि ढिलोसम्म बोली नफुटेका बच्चाको बोली फुट्छ भन्ने मान्यताका साथ पानी लैजाने गरेको पाइन्छ ।
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
आइतबार, वैशाख २८, २०८२
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
आइतबार, वैशाख २८, २०८२
घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन् । उनले १३ बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएका छन् ।
गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण
आइतबार, वैशाख २८, २०८२
गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ ।


