Shittalpati
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका(१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । 
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै  पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप...
तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण
तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा सदरमुकाम तानसेनमा सञ्चालित सामाजिक संघ संस्थाहरुको निरीक्षण गरिएको  छ ।
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । 
समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण  :  मुख्यमन्त्री आचार्य
समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण  : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 
रामपुरमा ‘हाइमास्ट लाइट’ जडान
रामपुरमा ‘हाइमास्ट लाइट’ जडान जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा हाइमास्ट लाइट जडान गरिएको छ ।  रामपुरको मुख्य क्षेत्र बेझाँड बजारमा २ हजार ४ सय वाट क्षमताको लाईट जडान गरिएको हो ।
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार
मिसन अस्पतालमा प्रसूतितर्फ थप सेवा विस्तार तानसेनस्थित भूषालडाँडामा रहेको यस क्षेत्रकै पुरानो अस्पताल युनाईटेड मिसन अस्पतालले प्रसुति सेवा (सुत्केरी सेवा) तर्फ थप सेवा विस्तार गरेको छ ।
अब पाल्पामै विएस्सी सिएस आइटी  पढ्न पाइने 
अब पाल्पामै विएस्सी सिएस आइटी  पढ्न पाइने   अब पाल्पामै विएस्सी सिएस आइटी पढ्न  पाइने भएको छ । पश्चिम नेपालकै जेठो क्याम्पस त्रिभुवन बहुमुखी क्यापसमा  पहिलो पटक कम्प्युटर विज्ञान  तथा सुचना प्रविधि ( विएस्सी सिएस आइटी) पढ्न  पाइने भएको हो । 
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग
श्रीमतिको पुण्य तिथिमा कोईरालाले गरे निलसागर आश्रमलाई खाद्यान्न सहयोग जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरका समाजसेवी भुवानन्द कोईरालाले तानसेनस्थित भूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । उनले स्वर्गिय धर्मपत्नी खुमकुमारी कोईरालाको स्मृति तथा १४ औं दिनको पुण्य तिथिमा  आश्रममै पुगेर  खाद्यान्न  सहयोग गरेका हुन् ।
नौ खानेपानी योजना सञ्चालनमा
नौ खानेपानी योजना सञ्चालनमा   बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका नौ  खानेपानी योजना सञ्चालनमा आएका छन् ।
नहरले बगाउँदा वृद्धको मृत्य
नहरले बगाउँदा वृद्धको मृत्य
Weather Update