पाल्पा,पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
जमानत बचाउन सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने नियम निर्वाचन आयोगले गरेको छ । पाल्पा क्षेत्र नं. १ मा ११ जना उम्मेदवारको जमानत जफत भएको हो । पाल्पा क्षेत्र नं. २ मा पनि ३ जना उम्मेदवारले मात्र जमानत बचाएका छन् भने १३ जना उम्मेदवारको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. माधव थापा, नेपाली काग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार ठाकुर प्रसाद गैरेले मात्र जमानत बचाएका छन् भने अन्य १३ उम्मेदवारहरुको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । उम्मेदवारहरुले माघ ६ गते मनोनयन दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैया धरौटी जमानत बुझाएका थिए ।


