Shittalpati
पाल्पाको समानुपातिक मतमा रास्वपा पहिलो

तानसेन, पाल्पाको समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ ,भने नेकपा एमाले दोस्रो, नेपाली काँग्रेस तेस्रो र नेपाली कम्युनिष्ट पार्टी चौथो भएका छन् ।

रास्वपाले पाल्पा क्षेत्र नं. १ मा १९ हजार ७ सय ३८, क्षेत्र नं. २ मा ३० हजार ७ सय १४ मत गरी कुल ५० हजार ४ सय ५२ मत प्राप्त गरेको छ । यसैगरी नेकपा एमालेले क्षेत्र नं. १ मा १५ हजार १ सय ६५ मत र क्षेत्र नं. २ मा ९ हजार ८ सय १ मत गरी कुल २४ हजार ९ सय ६६ मत प्राप्त गरेको छ । नेपाली काँग्रेसले क्षेत्र नं. १ मा १३ हजार १ सय ७१ र क्षेत्र नंं २ मा १० हजार ८ सय २५ गरी कुल २४ हजार ६ मत प्राप्त गरेको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नं. १ मा १ हजार ५४ र क्षेत्र नं. २ मा ४ हजार २ सय ३२ गरी कुल ५ हजार २ सय ८६ मत प्राप्त गरेको छ ।यसैगरी पाल्पामा प्रत्यक्ष तर्फ उम्मेदवार नभएपनि समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले क्षेत्र नंं १ मा १ हजार ७ सय ९५ र क्षेत्र नं. २ मा १ हजार ७ सय ६३ गरी कुल ३ हजार ५ सय ५८ मत प्राप्त गरेको छ । यसैगरी राप्रपाले क्षेत्र नंं १ मा ४ सय ७ र क्षेत्र नंं २ मा ९ सय १२ गरी कुल १ हजार ३ सय १९ मत प्राप्त गरेको छ । यसैगरी नेशनल रिपब्लिक नेपालले १ हजार ५४, राष्ट्रिय जनमोर्चाले ५ सय २३, मंगोल नेशनल अर्गनाईजेसनले २ सय ६५, सार्वभौम नागरिक पार्टीले १ सय ६० र राष्ट्रिय जनमुक्ति पार्टीले १ सय ३६ मत प्राप्त गरेका छन् ।

 पाल्पा क्षेत्र नं. १ मा समानुपातिक तर्फ ९८ हजार ३ सय ८३ मतदाता रहेकोमा ५४ हजार ८ सय १२ मत खसेको थियो भने १ हजार ९ सय २० मत बदर भएको थियो । क्षेत्र नं. २ मा १ लाख १० हजार ९ सय ७६ मतदाता रहेकोमा ६१ हजार ८ सय ६ मत खसेकोमा १ हजार ८ सय १४ मत बदर भएको थियो ।प्रत्यक्ष तर्फ कम्तीमा १ सिट र समानुपातिक तर्फ देशभरीबाट खसेको मतको ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने, राष्ट्रिय दलले मात्र समानुपातिक मतको आधारमा सिट संख्या पाउने अवस्था रहेको छ । प्रत्यक्ष सिट र समानुपातिक मतको आधारमा रास्वपा, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति र राप्रपाले मात्र समानुपातिक निर्वाचनमा पाएको मत सदुपयोग गर्र्ने अवसर पाएका छन् । अन्य राजनीतिक दलले प्राप्त गरेको समानुपातिक मत आफ्नो पार्टीको अवस्था जान्न बाहेक अन्य अवस्थामा प्रयोग नहुने देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update