पाल्पा,विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
आज विश्वमा लाखौं गैरसरकारी संघसंस्था क्रियाशील छन् । समाज कल्याण परिषद्ले नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन गरिररहेको छ । विशेषतः दिवसले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर–सरकारी संस्थाले समाजमा पु¥याएको योगदान र अन्य गतिविधिहरूको महत्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ ।नेपालमा सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्ड लगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन् । २०४९÷५० पछि नेपालमा एनजिओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्वपूर्ण भूमिका महत्वपूर्ण हुन्छ ।
विश्वको तथ्यांकलाई हेर्ने हो भने कुनै पनि देशमा जब राज्य कमजोर हुन्छ, गैरसरकारी संस्थाको (गैसस) प्रभाव बढेको देखिन्छ । लामो समयसम्म द्वन्द्वमा रहेका देशहरु द्वन्द्व समाधान पछि र प्राकृतिक विपत् पछि यस्ता संस्थाहरुको संख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । विश्वका धैरै देशहरुमा गैससको उपस्थिति छ र अनुसन्धानले के देखाउँदछ भने विश्वका करिब ८० प्रतिशत जनताले गैरसरकारी संस्था सकारात्मक सामाजिक परिवर्तनमा भूमिका खेलेको विश्वास गर्दछन् ।नेपालमा १० वर्षे द्वन्द्व अन्त्य पछि र २०७२ सालको भूकम्प पछि गैससको संख्या उल्लेख्य बढेको पाइन्छ । पचास प्रतिशत भन्दा बढी गैससहरु समुदाय तथा ग्रामीण विकाससँग सम्बन्धित छन् । त्यो बाहेक शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, महिला बालबालिका, युवा, फरक क्षमता भएका, एड्स लगायतका क्षेत्रसँग सम्बन्धित छन् । अपवाद बाहेक केही गैरसरकारी संस्थाहरुमा विकृति पनि देखिएको छ । गैरसकारी संस्थाको नाममा ठूलो रकम आउने गरेको छ । तर त्यो रकमको कुुनै पनि हिसाबकिताब छैन ।


