Shittalpati
आर्थिक समृद्धिका लागि आफुलाई मत दिन नेकपाका उम्मेदवार पाण्डेयको आग्रह 

पाल्पा, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् । निर्वाचनको मिति नजिकिदै घरदैलोमा व्यस्त उम्मेद्वार गैरेले मतदाताले अनुभवी र विकासप्रेमी उम्मेदवारलाई जिताउने प्रतिबद्धताका कारण आफू भारी मतका साथ विजयी हुने दावी गरे ।

तानसेन र बगनासकालीका मतदाताको घरदैलोमा पुगेका उम्मेदवार पाण्डेयले पाल्पाको विकास र समृद्धिका खाका कोर्न सुरुवात गरेको हुँदा अब आर्थिक समृद्धिका लागि मत दिएर आफूलाई निर्वाचित गराउन मतदाताहरु आतुर रहेको प्रतिक्रिया दिए । “मतदाताका लागि आधारभूत विकास योजनाहरु सुरु भएका छन्। ती सबै योजनाको शुनिश्चितता गरी अब आर्थिक समृद्धितर्फ लाग्न म प्रतिबद्ध छु ।“ नेता पाण्डेयले भने ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले युवालाई गाउँमै टिकाउन कृषि र उद्यमशीलता विकास गर्न आफू प्रतिबद्ध रहेको बताए  । नेता पाण्डेयले आफू उम्मेद्वार बनेर जनसमुदायका पुग्दा जनस्तरबाट पाएको हौसलाले आफूलाई उत्साह थपिएको उल्लेख गरे।  
 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update