Shittalpati
पाल्पामा चुनावी चहलपहल

तानसेन (पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । 

यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्ता त्यसका निम्ति उपयुक्त भएका बताउँदै राजनीतिक दलहरूले पनि युवालाई प्राथमिकताका साथ उम्मेदवार बनाउनुपर्ने अभिमत जाहेर गरेका छन् । 

यही माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छ । यहाँको  क्षेत्र नंं १ मा ९८ हजार ३८३ जना मतदाता छन् । जिल्लामा मतदानस्थल ५२ र ११७ मतदान केन्द्र कायम भएका छन् । क्षेत्र नं २ मा  एक लाख नौ हजार ५३ जना मतदाता  कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र कायम भएका छन् । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update