Shittalpati
विभाजन होइन्, पार्टी रुपान्तरणको प्रारम्भ हो  : नेता भट्टराई 

गुल्मी, नेपाली काँग्रेस गुल्मीका सचिव तथा प्रभावशाली युवा नेता जगदीश  भट्टराईले काँग्रेस विभाजन नभई पार्टी रुपान्तरणको प्रारम्भ भएको बताएका छन् । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टी विभाजन भएको भन्ने टिका टिप्पणीहरु हुन थालेपछि नेता भट्टराईले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत काँग्रेस विभाजन  नभई पार्टी रुपान्तरणको दिशामा अगाडि बढेको बताएका हुन् । 

उनले भनेका छन् “पार्टी फुटेको होईन्, काँग्रेस रुपान्तरणको दिशातर्फ अग्रसर हुनुपर्ने वर्तमान समयको माग थियो, त्यसलाई पूरा गर्ने दायित्व निर्वाह गरेको हो ।” विशेष महाधिवेशनको समापनसंगै नेपाली कांग्रेस पार्टी रूपान्तरण भएको विषयमा विभिन्न खालका चिन्ता र साचो बढ्नु स्वभाविकै भएको भन्दै उनले बहुमत महाधिबेशन प्रतिनिधिहरुको निर्णयलाई मान्ने हाम्रो लोकतान्त्रिक मूल्य, मान्यता र विधि भएकाले यसलाई पार्टी विभाजन भन्दा पनि रुपान्तण प्रारम्भ भएको बुझ्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरे । सकारात्मक  मान्यताका साथ संगठनमा निरन्तर लाग्नु नै अहिलेको अवश्यकता रहेको नेता भट्टराईले औल्याए ।

१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वचित गगन थापा , विश्व प्रकाश शर्मा र सह–महामन्त्री फर्मुल्ला मन्सुरलाई कारवाही गरिएको विषयले अहिले कुनै पनि वैधता प्राप्त नगर्ने समेत उनले बताए । उनले भने “ यसबाट कुनै पनि साथीहरु, नेतागण विचलित हुनुपर्ने अवस्था छैन । हामीले हाम्रो आवाजलाई बुलन्द बनाउँनु छ । विशेष महाधिवेशनका सन्दर्भमा कुन नेताको कस्तो भूमिका भयो, को कुन कित्तामा उभिनु भो भन्ने तर्फ टीका टिप्पणी गर्नु भन्दा अब थप जिम्मेवारीका साथ अगाडि बढ्नुको कुनै  विकल्प छैन् । ”
वर्तमान अवस्थामा कुनै पनि नेताहरुका विरुद्ध अनावश्यक टीका टिप्पणी नगर्न पनि उनले नेता कार्यकतार्हरलाई आग्रह गरेका छन् । नेता भट्टराईले सबै प्रति सकारात्मक धारणा राख्न र  सामाजिक सञ्जालमा आफ्ना धारणा व्यक्त गर्दा सभ्य र सिष्टतापुर्वक व्यक्त गर्न पनि सबैलाई अनुरोध गरेका छन् ।                  
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update