पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन
आइतबार, कात्तिक २३, २०७७
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज
आइतबार, कात्तिक २३, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
अमेरिकामा पहिलोपटक महिला उपराष्ट्रपति
आइतबार, कात्तिक २३, २०७७
संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएकी छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी हुन् ।
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
आइतबार, कात्तिक २३, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकोमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकोमा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक २३, २०७७
पाल्पामा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
शनिबार, कात्तिक २२, २०७७
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
शनिबार, कात्तिक २२, २०७७
चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो ।
रामपुरमा लुटपाट घटनाका अभियुक्त पक्राउ
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लाको रामपुर नगरपालिका ८ ढकालचौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मनकुमारी श्रेष्ठको घरबाट गत मंगलबार लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
शुक्रबार, कात्तिक २१, २०७७
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।
१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
किसानलाई धान स्याहार्ने चटारो
शुक्रबार, कात्तिक २१, २०७७
यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।


