Shittalpati
पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि

पाल्पा । पाल्पामा आइतबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार रामपुरका २ जना, बगनासकालीका १ जना र तानसेनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण हुनेमा ५ जना पुरुष र ३ जना महिला रहेका छन् । योसंगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५१ पुगेको छ ।

पाल्पामा अहिलेसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ५६ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ५ सय ४१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ६५ जना स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा अहिले सम्म एक हजार ८२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

शनिबार मात्र माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ गरी ६१ जना संक्रमणमुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update