Shittalpati
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन

पाल्पा, देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पाल्पामा पनि यसको विरुद्ध प्रदर्शन गरिएको छ । पाल्पाका युवतीहरुले कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।

तानसेनमा जिल्ला प्रशासन अगाडि उनीहरुले कालो पहिरन सहित आखाँमा कालो पट्टी बाधेर सरकार विरुद्ध सडकमा प्रर्दशन गरेका हुन् । सरकार तेरो पाराले दुःख पायो साराले, बलात्कार कहिलेसम्म हामी चुप जहिलेसम्म, पितृ सत्ताको नियमले हामलाई सधँै अन्याय गर्छ, अझै कति सहने, मेरो दोष कसरी ? हामी चुप कहिले सम्म ? स्टप रेप जस्ता नारा लेखिएका प्लेकार्ड सहित किशोरीहरु प्रर्दशनमा उत्रिएका हुन् । सरकार तेरो पाराले दुःख पायो साराले भन्ने गीतमा समेत बलात्कारी होस् गर त भन्दै उनीहरुले नृत्य प्रर्दशन गरेका थिए । देशमा दिनप्रति दिन बढ्दै गइरहेका बलात्कारका घटना न्यूनिकरण गर्न र पीडकलाई कडा सजायका साथ कार्वाही गर्न सरकार गम्भीण्र नदेखिएको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update