Shittalpati
नेपालमा एकै दिन २८ सय १२ कोरोना संक्रमित डिस्चार्ज

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशका विभिन्न जिल्लाका २ हजार ८ सय १२ कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ । आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update