Shittalpati
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै

पाल्पा । चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो । यो माथागढी –१ चिदीपानी, २ रुप्से, ३ कसेनी र बगनासकाली गाउँपालिका –२ पोखराथोकको सिमाना स्थित तिनाउ खोलाको बदवारीमा पर्दछ । पुलको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका छन् ।

२०७८ फागुन भित्र पुल निर्माणको काम सक्ने गरी काष्ठमण्डप–तिरुपती जे.भि सुनवलसँग ४ करोड ८ लाख ४९ हजारमा ठेक्का सम्झौता भएको छ । ४० मिटर लम्बाई, ११ मिटर चौडाई रहने पुलको शिलान्याससँगै निर्माण कार्य अगाडि बढेको छ । पुल निर्माण शुरु भएसंगै यस क्षेत्रका स्थानीयहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update